काठमाडौं । सुनको भाउ बिहीबार तोलामा एक हजार रुपैयाँले घटेको छ ।
छापावाल सुन प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँ भएको छ । छापावाल सुन बुधबार तोलाको १ लाख ९ हजार ८ सय रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजार अस्थिर भएकाले सुनको भाउमा उतारचढाव आइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको भाउ पनि बिहीबार तोलामा १० रुपैयाँले घटेको छ । चाँदी तोलामा एक हजार तीन सय ५० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।