वाणिज्य बैंकको जागिर सकिएपछि कृषि पेसामा लागेका खड्काको अनुभव, ‘कृषि ऋणको चरम दुरुपयोग भएको रहेछ
काठमाडौँ, २७ पुस । आफूलाई मन र रहर लागेको काम गर्न रहर हुँदाहुँदै पनि कहिले काहि समय र परिस्थितिले अर्कैतिर पुर्याउछ । तर, आफूले चाहेको काम गर्न कुनै समय र उमेरको हद भने हुदैन । यस्तै समय र परिस्थितिले अन्त कतै पुर्याए पनि आफूलाई लागेको काम गर्न आइपुगेका पात्र हुन् दैलेख दुल्लु नगरपलिका वडा न. ६ का ५७ वर्षीय पृथ बहादुर खड्का ।
उनलाई सानैदेखि कृषि पेसा अंगाल्ने इच्छा थियो । तर, समय, परिस्थितीले कृषि क्षेत्रमा फर्किन २० वर्ष पर्खनुपर्यो । राष्ट्रिय बाणिज्य बैकमा जागिर खाएको २० वर्षपछि अर्थात २०७४ साल बैशाख १ गते अनिवार्य सेवानिवृत्त भएपछि उनी कृषि पेसामा फर्किएका हुन् ।

खड्कालाई कृषि पेसा त गर्ने तर कृषिको कुन क्षेत्र छान्ने भन्ने दुविधाले थप दुई वर्ष लाग्यो निश्कर्षमा पुग्न । ‘२०७४ सालमा जागिरबाट अवकास भएपछि मैले यहाँको वातावरणमा के सुहाउँछ ? बजारको माग के छ ? भनेर खोज तथा अध्ययन गरेँ र २०७६ सालमा कागती व्यवसाय गर्ने निर्णयमा पुँगे ।’ उनले भने, ‘२०८० देखियता अलिअलि फल पनि उत्पादन भायो । यो पहिलो वर्षमा २५ देखि ३० क्विटल कागति पनि उत्पादन गर्न सफल भएँ ।’
अहिले उनी बिरुवालाई मल जल तथा काटछाँटमा व्यास्त छन् । अर्को वर्ष फल लगाउनका लागि अहिले देखिनै विज्ञको सुझाव अनुसार बिरुवाको स्याहार गरिरहेका छन् ।

दैलेखलाई प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोेजना एकाईले सुन्तला जोन घोषणा गरेपछि उनको कृषि प्रतिको क्रेज झन् बढ्यो । खड्काको कृषि फार्मको नाम ‘ज्योति घनश्या कृषि तथा पशुपन्छि फमर्’ हो । यो करिब ४.५ बिघामा फैलिएको छ । अहिले उनले दश कठ्ठा जग्गामा घाँस खेती गरेका छन् । अहिले उनको बगैचामा १२ सय सुन कागतिको विरुवा हुर्किएको छ ।
उनले सरकारको अनुमानित लागत अनुसार पोखरीको आकार निकै सानो हुने भएकोले र दिगो नहुने भएकाले आफ्नै खर्चमा पोखरीको निर्माण गरेको सुनाए । कोरोना काल बनाएको हुनाले सामान आयातमा महँगो पर्न गई पोखरीको लागत बढेको समेत उनले उल्लेख गरे । ‘सरकारको अनुदान बाहेक ३ वटा पोखरी निर्माणमा मेरो ९ देखि १० लाख खर्च भएको छ ।’ उनले भने ।
उनेले कागतीको खेतीसँगै बाख्रा तथा गाई–भैसी पनि पालेका छन् । उनले प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाबाट अमिलो जातको सुन कागतीको कलमी बिरुवा ५० प्रतिशत अनुदानमा पाए । ‘तेतीबेला प्रतिबोट कागतीको मूल्य २ सय ५० थियो, मैले १ सय २५ रुपैयाँमा पाएँ ।’ उनले भने, ‘यसका साथै ९० हजार पर्ने हाते ट्याक्टर ४५ हजार, २५ हजार पर्ने स्प्रे टयांकी १२ हजार पाँच सयमा, फल टिप्ने १४ हजार पर्ने भर्याङ ७ हजार, २० हजार पर्ने ग्रास कटर मेसिन १० हजार पाएँ ।

अन्य साना औजारहरु मैले मेरो आफ्नै खर्चबाट किने ।’ उनको बगैचा सुर्खेत र दैलेख गरि दुई ठाउँमा छ ।१२ सय बिरुवालाई काटछाँट गर्न सुन्तला सुपर जोनले दिएको सानो सिकेचरले मात्रै उनलाई नपुगेर केहि त आफैले पनि किनेर काम चलाई रहेका छन् ।
कृषि कर्ममा थप हौसला थपिदै गएपछि उनले फेरि कृषिलाई विस्तार गर्न ५ मिटर लम्बाई, ६ मिटर चौडाई र एक मिटर हाइट भएको ३ ओटा सिँचाइ पोखरी बनाए । ‘अन्य सबै काममा सरकारको ५० प्रतिशत अनुदानले पुग्यो तर पोखरी निर्माणमा भने पुगने ।’ उनले भने, ‘सरकारले एक पोखरीको ३ लाख पर्ने हिसाब लगाएर अनुदान दियो तर एउटा पोखरी बनाउन नै साढे ४ लाख लाग्यो । त्यसमा सरकारले डेढ लाख मात्रै बेहोर्यो बाँकी मैले आफै बेहोरे ।’

उनले सरकारको अनुमानित लागत अनुसार पोखरीको आकार निकै सानो हुने भएकोले र दिगो नहुने भएकाले आफ्नै खर्चमा पोखरीको निर्माण गरेको सुनाए । कोरोना काल बनाएको हुनाले सामान आयातमा महँगो पर्न गई पोखरीको लागत बढेको समेत उनले उल्लेख गरे । ‘सरकारको अनुदान बाहेक ३ वटा पोखरी निर्माणमा मेरो ९ देखि १० लाख खर्च भएको छ ।’ उनले भने ।
उनको बुझाइमा बैकिङ क्षेत्र र कृषि क्षेत्र एक आपसमा अन्तरसम्बन्धि छ । आफू बैकमा कम गर्दाको अनुभव सुनाउँदै उनले भने, ‘सरकारी तवरबाट दिइने सेवा वास्तविक किसानहरुले पाएका छैनन् ।’ उनले भने, ‘मैले बैंकमा काम गर्दा कृषिमा ऋण लानेहरुले दुई चार वटा बिरुवा देखाएर ऋण लागेको तर एक वर्षपछि हेर्न जाँदा केही नभएको हुनाले मैले कृषि क्षेत्रमा केही गरेर अन्य व्यक्तिलाई उदाहरण दिनुपर्छ भन्ने लागेर पनि म यो क्षेत्रमा आएँ ।’

उनले बैकमा कृषि, व्यापारिक लगायतका क्षेत्रमा ऋण प्रदायक भएर काम गर्दा कृषकमाथि सरकारले गर्ने व्यावहार नीति–नियम बुझे । राजनीतितक शक्तिको आडमा अनुदान खाई कृषि अनुदानको दुरुपयोग गरेको पनि देखे । वास्तविक किसान सँधै मर्कामा परेको देखेपछि कृषि पेसामा केही हुन्छ भनेर आफूभन्दा पछिल्ला सन्ततिलाई बाटो देखाउन पनि आफू कृषिमा लागेको उनले बताए ।
उत्पादन गरेको कागती सुर्खेतमा लगेर बेचेको उनले बताए । उनले उत्पादन गरेको कागती व्यापारीहरुले पनि मन पराएपछि कागती बिक्री गर्न कुनै समस्या नभएको र आगामी वर्षमा सुर्खेतको बजारले कागती उपभोग गर्न सकेन भने अन्य बजारमा पनि पठाउन सक्ने उनले बताए । परियोजनाबाट उनले अमिलो फल दिने बिरुवाको काटछाँट सम्बन्धि तालिम लिए भने कृषि विकास शाखाबाट बगैचा व्यवस्थापनको तालिम पनि पाए ।

अन्य बालीको तुलनामा कागतीमा अलि बढी नै रोेग लाग्ने उनी बताउँछन् । समयमा पानी नपर्नु, समयभन्दा पहिले नै गर्मी मौसम सुरु हुन जस्ता कारणले रोग लाग्ने गरेको उनी बताए । ‘कागतीमा प्रायः जारा कुहिने, पात तथा फल झर्ने, फलमा दाग बस्ने, हाँगाहरुमा किरा लाग्ने तथा पातहरु पहेलो हुने रोग लाग्छ ।’ उनले भने, ‘पुतलीबाट आएर हाँगा पात खाने किराको पनि प्रकोप छ । त्यसकारण विषादी प्रयोग नगरी शुद्ध अर्गानिक फलाउन ठुला किसानहरुलाई निकै कठिन छ ।’
२५ देखि ३० लाखमा कागतीको उत्पादन गर्ने आँकलन गरे पनि हालसम्म खड्काले ५० देखि ६० लाख लगानी गरी सके । अबको पाँच वर्षमा लगानी उड्ने उनले अनुमान गरेका छन् । उनले उत्पादन गरेको कागती प्रतिकिलो ६० रुपैयाँमा बिक्री गर्छन् । ‘मैले उत्पादन गरेको कागती बजारमा पुर्याएर बेच्दा ६ हजार प्रति क्विटल पर्न गयो ।’ उनले भने, ‘ढुवानी खर्च घटाउँदा प्रति क्विटल ४ हजार जति भयो ।’
उनले बगैचामा काम गर्न मासिक १५ हजार दिएर एक जना कर्मचारी पनि राखेका छन् भने आवश्यकता परेको बेला मजदुर तथा मिस्त्री बोलाउने गरेका छन् । कृषि खेती धेरै भएपनि आजभोलि कामदार पाउन छाडेको उनले बताए ।
.jpg)
उनले बैकमा कृषि, व्यापारिक लगायतका क्षेत्रमा ऋण प्रदायक भएर काम गर्दा कृषकमाथि सरकारले गर्ने व्यावहार नीति–नियम बुझे । राजनीतितक शक्तिको आडमा अनुदान खाई कृषि अनुदानको दुरुपयोग गरेको पनि देखे । वास्तविक किसान सँधै मर्कामा परेको देखेपछि कृषि पेसामा केही हुन्छ भनेर आफूभन्दा पछिल्ला सन्ततिलाई बाटो देखाउन पनि आफू कृषिमा लागेको उनले बताए ।
कृषिमा लाग्दाको तितो अनुभव सुनाउँदै उनले भने, ‘मैले गाउँमा रहेकोे युवाहरुलाई पनि कृषिमा लाग्न धेरै नै हौसला प्रदान गरे तर गाउँमा मानिसले मलाई उल्टो लाल्छना लाए ।’ उनले भने, ‘यो टाठोबाठो मान्छे हो, यसले एनजिओ÷आएनजिओ कतैबाट ठूलो रकम ल्याएर खान खोज्दैछ, यो कागती फालाएर खाने मान्छे होइन समेत भनेर दोष लगाए ।’

देशलाई समृद्ध बनाउन कृषि क्षेत्रलाई प्रथामिकतामा राखेर लैजानु पर्ने उनले बताए । सरकारको नारा मात्र नभइ गाउँ गाउँमा गएर किसानलाई पर्याप्त तालिम पनि दिनु पर्ने उनको बुझाई छ । परियोजनाले पनि सहि किसान चिन्न नसकेकोमा आक्रोश पोखे । कमिसन मुखी अनुदान भएसम्म कृषिमा मुलुक अगाडि बढ्न नसक्ने उनले बताए । परियोजना एकाइका अधिकारीहरुले वस्ताविक किसानको खोजि गर्नुको सट्टा धेरै कमिसन दिने नर्सरी खोज्ने गरेको उनले बताए ।
एउटा कागती हुन्छ भनेको ठाउँमा अर्कै कागतीको बिरुवा परेकाले किसानहरुलाई मर्का परेको उनले बताए । सरकारी परियोजनाले उत्पादनको बजार बुझेर बाली रोप्न सुझाव दिन सके किसान लाभान्वती हुने उनको बुझाई छ ।
स्राेत: हलाेखबर