चुकन्दरका जातहरु र खेती गर्ने तरिका ?

चुकन्दरका जातहरु

मधुरः- यो खुला सेचित जात हो । बोटको उचाई सरदर २५ देखि ३० सेमी हुन्छ । यसको जरा गाढा रातो र गोलो आकारको हुन्छ । पातहरु फिक्का हरियो रङमा कलेजी रङ मिसिएका हुन्छन । बिउ रोपेको ६० देखि ७० दिनमा उत्पादन लिन सकिन्छ । धेरै किसिमको हावापानीमा खेती गर्न सकिने यो जात नेपालको तराई तथा पहाडी क्षेत्रका लागि सिफारिस गरिएको छ ।

यो शितोष्ण प्रदेशीय तरकारी बाली हो । राम्रो उत्पादन र जराको रडको विकासका लागि १० देखि १८ डिग्री सेल्सियस तापक्रम उपयुक्त हुन्छ । तापक्रम धेरै भएमा जराको रङ र गुणस्तरमा ह्रास आउँछ भने कम तापक्रममा जराको विकास सुस्त हुन्छ र लामो समय तापक्रम कम रहेमा फुल खेल्न थाल्दछ । यसलाई तराई तथा मध्य पहाडमा हिउँदे बालीको रुपमा खेती गर्न सकिन्छ ।

चुकन्दर खेतीका लागि पानीको राम्रो निकास भएको गहिरो, खुकुलो र प्रसस्त प्राङ्गारिक पदार्थ भएको बलौटे दुमट माटो उपयुक्त हुन्छ । गढ़ौ र चिम्ट्याईलो माटोमा बिरुवा सर्न गाह्रो हुने र जराको आकार बिग्रने हुन्छ । माटोको पी.एच. मान ६ देखि ७ उपयुक्त हुन्छ र माटोको अम्लीयपना यो बालीका लागि सम्बेदनशील मानिन्छ ।

रोप्ने समय

उच्च पहाड:- जेष्ठ – श्रावण

मध्य पहाड:- भाद्र मङ्सिर

तराई तथा खोंच/बेसी:- आश्विन कार्तिक
बिउदर

५० देखि ७५ ग्राम बिउ प्रति रोपनी (१००० देखि १५०० ग्राम विउ प्रति हेक्टर)

रोप्ने दुरी

३० सेमी x १० सेमी (लाईन-लाईन x बोट-बोट)

मलखाद

चुकन्दर खेतीका लागि निम्नानुसारको मलखाद प्रयोग गर्नु पर्दछ ।

मलखादको मात्रा:- १२०:८०:६० के.जी नाःफःपो प्रति हेक्टर

मलखादको नाम प्रति रोपनी
प्रति कठ्ठा

प्रति हेक्टर
गोठेमल वा कम्पोष्ट १ टन ०.७ टन २० टन
यूरिया १० केजी ७ केजी १९५ केजी
डिएपी ९ केजी ६ केजी १७५ केजी
युरेट अफ पोटास ५ केजी ३ केजी १०० केजी
नाईट्रोजन मलको आधा भाग र अन्य सबै मलखाद जमिन तयारी गर्नेबेलामा प्रयोग गर्नुपर्दछ । बाँकी नाईट्रोजन लाई आधा आधा गरेर बिउ रोपेको २० देखि २५ दिनमा र ४० देखि ४५ दिनमा टपड्रेस गर्ने ।

गोडमेल र सिँचाई

बिउ रोपिसकेपछि पराल, खर वा छवालीको छापो दिई सिंचाई गर्नुपर्दछ । बिउ उम्रन थालेपछि बिस्तारै छापो हटाउनुपर्दछ । चुकन्दरमा एउटा विउबाट ३ ओटासम्म बेर्ना उम्रन सक्छ । बिउ छरेको १५ दिनपछि हरेक १० सेमीको दुरीमा एउटा राम्रो बेर्नामात्र रहने गरी बेड्याउनुपर्दछ । बिउ रोपेको २० देखि २५ दिनपछि पहिलो र ४० देखि ४५ दिनमा दोस्रो गोडमेल गरी युरिया मलको टपड्रेस गर्नुपर्दछ । दोस्रो गोडमेलमा बिरुवाको जरामा माटो चढाउनुपर्दछ । आवश्कताअनुसार गोडमेल गरी झारपात नियन्त्रण गर्नुपर्दछ ।
चुकन्दर खेतीलाई प्रसस्त मात्रामा पानीको आवश्यकता पर्दछ । किन नउनेसम्म निरन्तर र त्यसपछि सरदर ५ दिनको फरकमा सिंचाई गर्नुपर्दछ तर पानी जम्न दिनुहुँदैन । हरेक पटक नाइट्रोजन मल टपड्रेस गर्नेबित्तिकै सिंचाई गर्नुपर्दछ ।

उत्पादन

बिउ रोपेको ६० देखि ७० दिनमा उत्पादन लिन सकिन्छ । औसतमा १५०० केजी प्रति रोपनी वा ३० टन प्रति हेक्टर उत्पादन लिन सकिन्छ ।

स्रोत:- नेपाल कृषि अनुसन्धान परिषद्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us