मेकेडेमिया नट केहो ? र यस्को खेती कसरी गर्ने ?

मेकेडेमिया नट अष्ट्रेलियाको स्थानीय फल हो । नेपालमा यो फल भित्रिएको धेरै भएको छैन । यस फललाई ताजा, भुटेर वा आईसक्रिम, चकलेट आदि बनाएर प्रयोग गरिन्छ । यसको गुदी कटुसको जस्तो तर कटुसभन्दा उत्कृष्ट र स्वादिलो हुन्छ । हाल यसको खेती र अध्ययन बागवानी अनुसन्धान केन्द्र मालेपाटन र त्रिशुली फारममा भइरहेको छ । बादरले नखाने र असिनाले नझार्ने फलको रुपमा केही स्थानहरुमा सामुहिक रुपमा यसको खेती भइरहेको छ ।
जातहरु
नेपालमा त्रिशुली फार्ममा काकि, इकाइका ३३३, चेउहाउ, इकाइ इका जातहरु ल्याइ लगाइएको र बगैचा स्थापना पश्चात तिनै बोटहरुबाट बिजु बिरुवाहरु उत्पादन गरी वितरण गरिदै आएकोले नयाँ बगैचामा लगाइएका बोटहरु तिनै माउ बोटका सन्ततिहरु हुन भन्न सकिन्छ । वानस्पतिक विधिहरुबाट प्रसारण नगरिएकोले माउबोटके गुणहरु क्रमश हराउदै जांदा उच्च र निम्नस्तर दुबैखाले बोटहरु देख्न सकिन्छ । यसैले यिनै मध्ये राम्राखालको माउबोटबाट बीउहरु सङ्गकलन गरी हाललाई लगाउन सकिन्छ भने भविष्यको लागि वानस्पतिक प्रसाण विधिको विकास गरी उन्नत जालहरूमा कलमी गराई बिरुवा प्रसारण गर्नुपर्ने हुन्छ । प्रजातिका हिसाबले एउटा सेती र अर्को गुलाबी फुल्ने प्रजातीहरु पोखरा मालेपाटनको बगैचामा लगाइएको छ । यस हिसाबले हाललाई यी फार्म केन्द्रहरुमा उपलब्ध बिरुवाहरु नै लगाउन सकिन्छ ।
हावापानीः उपोष्ण आवहवामा यसको खेती राम्रोसंग गर्न सकिन्छ । औसत तापक्रम २५-३२ डि.से. भएको स्थान उपयुक्त मानिन्छ र ५००-१५०० मिटरको उचाईमा यसको खेती गर्न सकिन्छ ।
माटो : पी एच ५-६ राम्रो मानिन्छ ।
प्रसारणः बीउबाट र इनार्चिङग ।
बिरुवा लगाउने दूरी : ५x५ मिटर (२० बिरुवा प्रति रोपनी तथा ४०० प्रति हेक्टर)

विरुवा लगाउने समय : जेष्ठ-असार
मलखाद : रोप्ने बेलामा ५० के जी कम्पोस्ट प्रति खाडल लगाउने ।
१० वर्षसम्मको बोटलाई ३० केजी कम्पोस्ट, १२० ग्राम यूरिया, ५० ग्राम डि.ए.पी. ८० ग्राम म्युरेट अफ पोटास प्रति बोट प्रति वर्ष दिने ।
फल टिप्ने : असोज महिनातिर फलहरु बोटमा पाकी बोका फुटेर आफै झरेपछि टिप्नेवेला भएको थाहा हुन्छ । रुखमा चढेर फल टिप्नुपर्दछ र १-२ दिन घाममा सुकाउँदा बोक्रा सजिलै छोडाउन सकिन्छ । यसरी फल निकालेपछि ४-५ दिनसम्म घाममा सुकाएर भण्डारण गर्नुपर्दछ ।
उत्पादन : १२-१५ वर्षको बोटले २०-२५ के जी फल उत्पादन दिन्छ । ४५ के जी हरियो फलबाट २० केजी बोक्रा हटाइएको फल (४५ प्रतिशत) र २० के जी बोक्रा हटाइएको फलबाट ५ के जी भित्री कट्स उत्पादन हुन्छ ।

रोगहरु

क्र. सं.रोगक्षतिव्यवस्थापन
एन्थ्राक्नोजफल, फूल र पातमा असर गर्दछ । यी भागहरूमा काला दागहरु देखिन्छन र रोगी भागहरु झर्दछन् ।मलखाद दिने बेलामा रोगी भागहरुलाई काटी हटाउँदा रोग फैलन पाउदैन । हिउँदको समयमा बोर्डेक्स मिश्रण छर्ने तथा कपरअक्सिकोराइड ५० डब्लु. पी. ग्राम/ लिटर पानीमा मिसाई १० दिनको फरकमा ३- ४ पटक छर्ने ।
फुल सुक्नेढकमक्क फुलेका फुलहरु सुकेर झर्न थाल्दछन् ।फूल फुल्ने बेलामा सुख्खा भयो भने यो समस्या देखिन्छ । त्यसैले फुल फुल्ने बेलामा १०( १५ दिनको फरकमा सिंचाई गर्ने । हिउँदको समयमा बोर्डेक्स मिश्रण छर्ने ।

स्रोत :- नेपाल कृषि अनुसन्धदन परिषद्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us