नेपालको स्वतन्त्रता, सार्वभौमिकता, र विकासका लागि राजा महेन्द्रले खेलेको भूमिकालाई नेपाली कम्युनिष्टहरूले बुझ्न जरुरी छ। इतिहास सधैं नै सत्ता संघर्ष, राष्ट्रियता, र विदेशी हस्तक्षेपको कथाबाट भरिएको हुन्छ। राजा महेन्द्रले नेपालको स्वाधीनता सुरक्षित गर्न, आर्थिक विकासको आधार निर्माण गर्न, र विदेशी हस्तक्षेपको बिरूद्ध मजबुत अडान लिनु कुनै साधारण कुरा थिएन।नेपाललाई असल राष्ट्र बनाउन राजा महेन्द्रको योगदानलाई बुझ्नु आवश्यक छ। उनका केही नीतिहरू प्रतिक्रियावादी हुन सक्लान्, तर उनको उद्देश्य थियो—नेपाललाई स्वाधीन, आत्मनिर्भर, र शक्तिशाली राष्ट्र बनाउनु। कुनै पनि राष्ट्रनिर्माण प्रक्रियामा व्यक्तिको निर्णयहरूमाथि बहस हुन सक्छ, तर राजा महेन्द्रको योगदानलाई अन्धो विरोधले मात्र हेर्नु गलत हुनेछ।
राजा महेन्द्रको पालामा नेपाल अन्तर्राष्ट्रिय मञ्चमा स्थापित हुन चाहन्थ्यो। तर भारतले नेपाललाई पराधिन देखाउन खोज्यो। उसले रसियालाई प्रभावित पार्दै चार पटकसम्म नेपाल स्वतन्त्र मुलुक होइन भनेर संयुक्त राष्ट्रसंघको सदस्यता रोक्न लगायो।तर राजा महेन्द्रले हार मानेनन्। उनले नेपाल कहिल्यै परनिर्भर राष्ट्र नभएको प्रमाणहरू जुटाए। चार वर्षसम्म लडेर नेपाललाई संयुक्त राष्ट्रसंघको सदस्य बनाउनु केवल कूटनीतिक जित मात्र थिएन, यो नेपालले विश्वसामु आफ्नो पहिचान स्थापित गर्ने ऐतिहासिक कदम थियो।संयुक्त राष्ट्रसंघको सदस्यता लिएपछि राजा महेन्द्रले आफ्नो अर्को रणनीति अगाडि बढाए। उनले रूससँगको सम्बन्ध प्रगाढ बनाउँदै भारतको वर्चस्वलाई कमजोर पार्ने नीति अपनाए। २९ दिने रूस भ्रमणको मुख्य उद्देश्य भारतको प्रभावलाई घटाउँदै नेपाललाई आत्मनिर्भर बनाउनु थियो।त्यसबेला नेपालमा पूर्व-पश्चिम राजमार्गको आवश्यकता थियो। तर भारतले नेपालको विकास रोक्न चाहन्थ्यो। भारतीय प्रभावमा रहेका केही नेताहरूले समेत राजमार्ग निर्माणको विपक्षमा काम गरे। यदि पूर्व-पश्चिम राजमार्ग बनेन भने नेपालमा यात्रा गर्न भारतको भूमी प्रयोग गर्नुपर्ने बाध्यता रहन्थ्यो। यही समस्यालाई हल गर्न राजा महेन्द्रले रूसलाई विश्वासमा लिएर पूर्व-पश्चिम राजमार्ग निर्माण गराए।आर्थिक आत्मनिर्भरता र औद्योगिक विकासराजा महेन्द्रको आर्थिक दूरदर्शिताले नेपाललाई औद्योगिकीकरणको दिशामा लैजान महत्वपूर्ण भूमिका खेल्यो। त्यतिबेला नेपालको कुल बजेट ३५ करोड मात्र थियो, तर पनि उनले आत्मनिर्भर अर्थतन्त्रको सपना देखे।उनकै पहलमा रूसको सहयोगमा जनकपुर चुरोट कारखाना, वीरगञ्ज चिनी मिल, कृषि औजार केन्द्र जस्ता उद्योगहरू स्थापना भए। यी उद्योगहरूले नेपाली
जनतालाई रोजगारी प्रदान गर्नुका साथै नेपाली अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन योगदान दिए।स्वास्थ्य क्षेत्रमा समेत उनले महत्वपूर्ण सुधारहरू गरे। नेपालमा चिकित्सकको अभाव भएको अवस्थामा १,००० भन्दा बढी डाक्टर उत्पादन गर्ने व्यवस्था मिलाउनु राजा महेन्द्रको दूरदर्शिताको अर्को उदाहरण हो।भारतीय हस्तक्षेपको विरोधमा राजा महेन्द्रको अडानभारतीय हस्तक्षेप नेपालमा कुनै नयाँ कुरा होइन। इतिहासभर नै भारतले नेपाललाई आफ्नो प्रभाव क्षेत्र बनाउन खोजेको देखिन्छ। राजा महेन्द्रले भने यो हस्तक्षेपको बिरूद्ध दृढ अडान लिए।जब नेपालमा पूर्व-पश्चिम राजमार्ग निर्माण भइरहेको थियो, भारतले यसको असफलताका लागि केही दल र नेताहरूलाई प्रयोग गर्यो। उनीहरूले भारतको आदेशमा नेपालमा अराजकता मच्चाउने प्रयास गरे। तर राजा महेन्द्र दृढ रहे।नेपाली कम्युनिस्टहरूलाई विचारणीय प्रश्न उठ्छ—जसले नेपाललाई आत्मनिर्भर बनाउने प्रयास गर्यो, जसले विदेशी हस्तक्षेपको विरोध गर्यो, त्यो राजा हाम्रो लागि अस्वीकार्य हुनु पर्ने? कि तिनै नेताहरूलाई हामी सही मान्ने, जसले नेपालको विकास रोक्न भारतको खेलमा सामेल भए?राजा महेन्द्रको योगदानलाई नबिर्सौंइतिहासलाई वर्ग संघर्षका आधारमा मात्र हेर्नु न्यायसंगत हुँदैन। राजा महेन्द्रको शासनकालमा प्रतिक्रियावादी पक्षहरू थिए, तर उनको रणनीति नेपाललाई सशक्त बनाउने थियो।पृथ्वीनारायण शाहपछि नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न र आत्मनिर्भरतातर्फ डोहो-याउन सक्ने सबैभन्दा शक्तिशाली राजा महेन्द्र नै थिए। उनी मात्र नेपाली जनता होइन, कम्युनिस्टहरूका लागि समेत अध्ययन र स्मरणीय पात्र हुन्।नेपालको स्वाधीनता, आत्मनिर्भरता, र राष्ट्रिय स्वाभिमानका लागि उनका योगदानहरूलाई निष्पक्ष रूपले मूल्यांकन गर्न जरुरी छ। उनले देखाएको बाटो सम्झनु, सिक्नु, र उचित ठाउँमा सम्मान दिनु नै नेपालको स्थायित्वका लागि महत्वपूर्ण हुनेछ।