भिटामिन ए मानव शरीरका लागि अत्यावश्यक

काठमाडौं। भिटामिन मानव शरीरका लागि अत्यावश्यक तत्व हो। भिटामिन ए ले हड्डीलाई मजबुत बनाउने, घाउ पुर्ने तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने तथा छालालाई स्वस्थ राख्ने काम गर्छ । साथै, यसले भोजनलाई शक्तिमा परिवर्तन गर्नुका साथै कोषलाई समेत स्वस्थ राख्छ ।

सामान्य शब्दमा भन्दा भिटामिन ए ले शरीरलाई चलायमान बनाई स्वस्थ राख्ने काम गर्छ । मानव शरीरलाई भिटामिन सी, भिटामिन ई, भिटामिन के, भिटामिन डी र भिटामिन बी को आवश्यकता पर्छ ।

भिटामिन ए को कमीका कारण शरीरमा विभिन्न समस्या देखिन सक्छन् । भिटामिन ए खानाको माध्यमबाट प्राप्त गर्न सकिन्छ । भिटामिन ए ले मुटु, फोक्सो, र मिर्गौला समेतलाई स्वस्थ राख्न मद्दत गर्छ ।

भिटामिन ए का प्रकार
भिटामिन ए ‘एक्टिभ भिटामिन ए’ र ‘बिटा कैरोटेन’ गरी दुई प्रकारको पाइन्छ । एक्टिभ भिटामिन ए लाई रेटिनाल पनि भनिन्छ । दोस्रो भिटामिन प्रो भिटामिन ए फलफूल तथा तरकारीमा पाइन्छ । जसलाई क्यारोटिनाइड भनिन्छ ।

भिटामिन ए को प्रयोग
राम्रो स्वास्थ्यका लागि भिटामिन ए अति आवश्यक छ । भिटामिन ए ले आँखाको शक्ति बढाउनुका साथै आँखामा रहेका मांसपेशीलाई तन्दुरुस्त राख्ने काम गर्छ । यो प्रजनन् क्षमता र भ्रूणको विकासका लागि पनि लाभदायक हुन्छ ।

भिटामिन ए ले रगतमा क्याल्सियमको स्तर बनाइराख्ने, हड्डीलाई बलियो बनाउने, दाँतलाई स्वस्थ र मजबुत बनाउन मद्दत गर्छ । यसका अतिरिक्त भिटामिन ए ले शरीरलाई उर्जा समेत प्रदान गर्छ ।

भिटामिन ए को कमीले के हुन्छ?
भिटामिन ए को कमीका कारण आँखाको ज्योति गुम्न सक्छ । यसको कमीले आँखामा सुख्खापन आउने, कपाल रुखो हुने, छाला सुख्खा हुने, रुघाखोकी लाग्ने, थकान महसुस हुने, निद्रा नलाग्ने, तौल घट्ने तथा निमोनिया हुने जस्ता समस्या देखिन सक्छन् । स्वास्थ्यमा देखिने यस्ता समस्याबाट पार पाउन भिटामिन ए को प्रयोग गर्नु उपयुक्त हुन्छ ।

भिटामिन ए कति मात्रामा लिने?
कुनै पनि खानेकुरा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा असर पर्छ । खानेकुरा खाँदा वा पौष्टिक तत्व लिंदा त्यसको मात्राका बारेमा पनि ध्यान दिन जरुरी हुन्छ ।

भिटामिन ए को मात्रा बढी हुँदा टाउको दुख्ने, आँखा दुख्ने, बारम्बार थकाइ लाग्ने, कपाल झर्ने, छालामा समस्या देखिने तथा हाडजोर्नी दुख्ने जस्ता समस्या देखिन सक्छन् । त्यसैले भिटामिन ए प्रयोग गर्दा त्यसको सही मात्रा लिनुपर्छ ।

भिटामिन ए का स्रोत
चुकन्दर, साग, ब्रोकाउली, साबुत अन्न, पनीर, गिरीदार फल, बटर, गाँजर, खुर्सानी, डेरीबाट उत्पादित सामग्री, राजमा, मटन, आँप, पालक, मटर, फर्सी, रातो खुर्सानी, सी फुड, सलजम, टमाटर, सखरखण्ड, तरबुजा, मकैका दाना, पहेंलो वा नारंगी रंगका फलफूल भिटामिन ए का स्रोत हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us