‘मुलुकमा अराजकता उत्पन्न हुनका यी हुन् ५ कारण !’


प्रेमलकुमार खनाल

अहिले मुलुकमा राजनीतिक अराजकता बढेको छ। खुलम खुल्ला संविधानविरुद्ध, गणतान्त्रिक शासन व्यवस्थाका विरुद्ध अभिव्यक्ति र गतिविधि भइरहेका छन् । हजारौं लाखौं जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धि र संविधानविरुद्ध भएका गतिविधिले निश्चितरूपमा परिवर्तनका उपलब्धिमा प्रश्न उठाउन थालेको छ । तसर्थ सरकार र जनआन्दोलनका राजनीतिक शक्तिहरुले यथार्थ धरातलमा रहेर अहिलेको अराजकताको निम्न मुख्य कारणको पहिचान गरेर समाधान गर्न सरकार तथा राजनीतिक दलहरु एक ठाउँमा उभिन जरुरी छ ।

-हिजो राजावादी एवं पुनरुत्थानवादीहरुसंगको मूलधारका पार्टीका कतिपय नेताहरुको हिम चिम, ठूलो दल बनाउने, चुनाव जित्नका लागि गैह्र वामपन्थी र लोकतन्त्र विरोधीहरूलाई पार्टी प्रवेश गराएर हर्ताकर्ता बनाउने र राजावादी समर्थक र पुनरुत्थानवादीहरुसंग गरिएको चुनावी तालमेलको परिणाम र वाक स्वतन्त्रताका नाममा विगतमा संविधान विरोधी, गणतन्त्र विरोधी गतिविधि हुँदा पनि राज्य टुलुटुलु हेरेर वस्नु, शान्ति प्रक्रियालाई टुंगोमा नपु¥याउनु ।

-सरकारमा गएर शुसासन कायम गर्नको सट्टामा स्वयं राजनीतिक दलका नेताहरु नै अनियमितता र भ्रष्टाचारमा संलग्न हुनु ।

-युगान्तकारी परिवर्तनसंगै परिवर्तनको संस्थागत विकासका लागि ऐन कानुन बनाएर लागू नगर्नु, आर्थिक–सामाजिक रुपान्तरण र विकास तीव्ररुपमा गर्ने सामाग्रिक साँेंच र कार्यक्रमिक प्रतिबद्धता नहुनु र नवउदारवादी अर्थनीतिकै जामा हल्लाएर हिडे झै शिक्षा्, स्वास्थ्य, यातायात सर्वसुलभ र निःशुल्क गर्ने नीति लागू गर्नको सट्टामा नीजिकरण र व्यापारीकरणको नीतिलाई बोकेर हिडनु,

-बढदो बेरोजगारी र गरिबीलाई न्यूनिकरण गर्ने आर्थिक योजना लागू गर्नको सट्टामा श्रम निर्यात गर्ने नीतिलाई झन सघन रुपमा लागू गरिनु,

-राज्य सत्तालाई आफ्नो जीविकोपार्जनका लागि उपयोग गर्ने माध्यम बनाएझै जनप्रतिनिधिका लागि अनावश्यक तलब भत्ता सुविधा, पजेरो, प्राडो, स्वकीय सचिव, नीजि सचिव राख्न पाउने व्यवस्था गरेर राज्यलाई Political Rent seeking राजनीतिक किराया खाने रुपमा उपयोग गरिनाले जन आक्रोस बढदै जानु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us