डा. मनिषा न्यौपाने
समान छ एकमा दवाव छैन मृत्युमा
राखिदेउ हजार देह सकिदिन्छु एकै क्षणमा
थाहा छ भोलि जानु छ कहाँ यहाँ छैन अमर कोही कसैमा
जल्दैन मृत शरिर खाडीको त्यो मट्टीमा
सपना अनि सपनासँगै जोडिएका रहरहरु त्यो भन्दा पनि बढी आवश्यकता परिपूर्ति गर्नको निम्ति घरबाट बाहिरिदै, बस्तीबाट निस्किँदै, जिल्ला , जिल्लाबाट परदेश परदेबाट , बिदेश, बचेनन् कहीँ स्वदेशका भागहरु , अटेनन तिम्रा शरिरले टेक्ने पाउहरु
कठै !
बिचार :
आमा रोक्दिनन तिमीलाई र सोधदिनन एक बचन पनि बिश्वासमा जिउँछिन् ,सन्तान पक्कै ठुलो मान्छे बन्छ र फर्किन्छ । तर, जतिबेला बुढेसकालको साहार जतिबेला सजिलै टुटाउँछिन प्रसवको पिडासँगै जोडिएको मातृत्वको स्नेहलाई परेला भिजाइ राख्छिन्, सन्तानको बियोगमा दिन बिताइ राख्छिन्, आउँछौ सम्झेर बढिरहेको दममा, बाबु छोरा बाच्नको निम्ति बिदेशियौ त गल्ती गर्यौ होला जिउन र रम्नलाई छाड्यौ भने सम्झना त पक्कै तिमीलाई पनि आउँदै होला? कसरी बिर्सिन सक्छु र म यदि तिमीले बिर्सियौ भने पनि ९ महिना आफू भित्र राखेर जुन संरक्षण दिलाएको थिएँ ।
भौतिक सुविधा पर्याप्त दिन सकिन होला । तर हेर त, तिम्रा पिताको काँध अहिले पनि खाली छ जति पिडा सहेर पनि तिम्रा अगाडि तिम्रा निम्ति सधै मुस्कुराइ राख्ने , तिमी बच्चा हुँदा बच्चा भई खेलिदिने ,आफ्ना शरिरमा बस्त्र नफेरेका बर्षौ बित्दा पनि तिम्रो निम्ति महिना महिनामा कपडा फेरिदिने , घोडा किनिदिने, गाडी किनिदिने आफ्ना पाउमा काँडा बिजेको मतलब छैन, तिम्रा गोडामा बज्ने जुत्ता लगाईदिने यस्ता सबै आवश्यकता मातापिताका लागि रहर त एउटा पाटो थियो नै त्यो भन्दा धरै यस भित्र लुकेको एकतर्फी ममताको जसको स्वाद लिन /दिन सकेनौ तिमीले ।
बाबु यो तिम्रो र मेरो मात्र कथा थिएन । हामी जस्ता हजारौँ परिवारको ब्यथा थियो, ,आशै आशाले जलाएको थियो, हेर्दा हेर्दै थाकेका यी आँखाहरूसँगै रुझेका परेलीहरु सन्तानको बियोगमा तडपिदै थिए ।
जसको वियोगमा आज धैरै सन्तानहरु छटपटाइरहेका छन् , कतै चिच्याईरहेका छन् त कतै रोइरहेका छन् । तर ,
विपरीत म त तिम्रो बिछोडमा तडपिरहेको छु ,सम्झिएर आउँछौ आफ्नो मातृत्वलाई र अगाल्छौ सन्तानलाई भन्दै कुरिरहेछु । बर्षौ वर्षका प्रतिक्षाका साँझहरु यसै बित्दै गए न तिमी गर्नलाई भेट न त पठायौ कुनै सन्देश । सन्तान छैनन् भनौँ भने जन्माएको छु ,तर के गर्नु ? कसैले छोरा खोई आमा भन्दा रोक्न नसकेको आसुँका भेलहरु ,जतिबेला गल्दै थिए ,ढल्दै पनि थिए ।
विस्तारै तिम्रो अनुपस्थितीको कारण बल्लतल्ल तलमाथि गर्दै आफूले आफैँलाई साहारा मान्दै बाह्र बर्ष पछि खहरे खोला त उर्लिन्छ भन्छन् त्यही कथन सम्झिदै पर्खिरहेको थिएँ । किनकी, संसार देखाएको थिए यही बस्तीबाट त्यसैले तिमी फर्किने आशामा बाँचेको हुँ ।
हो ,
आमाको आशा, आमाको भाव झूटो पक्कै थिएन ,बाबु छोरा आउन त आयौँ फर्किएर, तर हिँड्दै होईन, काठको बाकसमा आयौ । ओहो, यो कस्तो बिडम्बना, केही गर्छु भनेर विदेशिएको तिमी आज के अवस्थामा आयौँ ? म आफूलाइ कसरी सम्हाल्नु अब । वर्षोपछि आएको तिमी पनि बाकसमा आएपछि तिम्री आमाले के भनेर मन बुझाउनु । मलाई पीडा सहने सामथ्र्य देउ भगवन्, कि तिम्रै धाममा लिएर जाउ, जहाँ मेरो छोरोलाई लिएर गयौ ।