छिटो रिसाउनुहुन्छ ? यस्ता छन् रिस नियन्त्रणका उपाय !

एजेन्सी । जतिबैलै रिसाउँदा नजिकको वा माया गर्ने मान्छेसँगको सम्बन्धमा पनि प्रत्यक्ष असर पर्छ। रिसले व्यावसायिक जीवनमा नै आँच आउनछ। यदि तपाईलाई रिस नियन्त्रण गर्न गा–हो भइरहेको छ भने तल उल्लेखित केही टिप्स पालना गर्न सक्नुहुन्छ :

एरोविक: छिटो र लामो समय रिसाउने बानी छ भने एरोविक कक्षा लिँदा यस्तो बानी सुधार गर्न सहयोग मिल्छ। एरोविक व्यायामले सेरोटोनिन (खुसी बनाउने हर्मन) उत्पादन गर्न सहयोग गर्ने भएकोले मानिस खुसी तथा प्रफुल्लित हुन्छ। यस्तो कक्षा जुन सुकै उमेर समूहका मानिसले लिन सक्छन्।

शास्त्रीय संगीत सुन्ने : अन्य संगीतको तुलनामा शास्त्रीय संगीतले मानिसमा एकचित्त बनाउने र खुसी प्रदान गर्ने विभिन्न अध्यनले देखाएका छन्। युनिर्भसिटी अफ साउद अलाबामाका मनोवैज्ञानिकहरुले कलेजका ५६ जना विद्यार्थीलाई विभिन्न विधाका संगीत सुनाएका थिए।  कुनै विषयमा चोट दिएपछि सहभागी विद्यार्थीलाई संगीत सुन्न लगाएका थिए। ती मध्ये शास्त्रीय संगीत सुन्ने विद्यार्थीको चिन्ता, रिस र त्रास अन्यको भन्दा तुलनात्मक रुपमा न्यून थियो।

अभिलेख राख्ने, डायरी लेख्ने : रिस पोख्ने सबैभन्दा सुरक्षित तरिका हो डायरी लेख्ने। तपाईलाई के विषयले आक्रोशित पुयाएको छ, त्यसलाई डायरीमा टिपोट गर्नुहोस। तपाईको आफ्ना सोच र भावनालाई अभिलेख राख्नकै लागि एउटा डायरी बनाउन सक्नुहुन्छ। यसले तपाई आक्रोशित वा उत्तेजित हुनुको कारण बुझ्न सहयोग पुयाउनुका साथै नकरात्मक आवेगलाई समाधान गर्छ।

कमजोरी केलाउने : प्राय मानिसले अरुलाई मात्र दोषी देख्छ तर आफ्नो कमजोर हेर्दैन। झगडा वा रिस उठ्नका कारणलाई रचनात्मक तरिकाले विश्लेषण गर्नुपर्छ। त्यसमा आफ्नो पनिा दोष हुनसक्छ। आफ्नो दोष छ भने माफ माग्दा प्रतिष्ठा बढ्छ। यसले सकारात्कम बाटोमा डोर्‍याउछ ।

कागतीको तेल : कागतीको तेलको नस लिदाँ सकरात्मक सोचको विकास हुने र मानिसलाई खुसी र शान्त बनाउने वैज्ञानिकहरुले प्रमाणसहित पत्ता लगाएका छन्। कागतीको तेलबाट मानिसलाई शान्त बनाउने एक प्रकारको तत्व पाइने वैज्ञानिक बुझाई छ।

कागतीको तेल सुग्दा न्युरोट्रान्समिटर नोरिपिनेफ्राइनले दिमागमा अक्सिजनको मात्रा बढी प्रबाह गराइदिन्छ। यस पक्रियाले तपाईले स्पष्ट र चाँडो सोच्न सक्ने क्षमातामा बृद्धि गराउछ।

फटाफट हिँड्ने : जब बहस गरम हुन्छ र आवेग उत्कर्षमा पुग्न थाल्छ त्यस्तो अवस्थामा तत्काल केही समय हिड्नुहोस। यसरीे हिँड्दा प्रयाप्त अक्सिजन मिल्नुका साथै बिस्तारै दिमाग शान्त हुन्छ।

पानी पिउने : रिस उठ्दा प्राय मानिसको दिमाग तातेको हुन्छ र मुटुको धड्कन बढेको हुन्छ। यस्तो अवस्थामा चिसो पानी पिउदा पनि दिमाग ठन्डा हुन्छ। साथै दिमागमा अक्सिजनको मात्रा पुग्छ र मन शान्त रहन्छ।

ध्यान गर्ने :  ध्यान गर्ने मानिसले सजिलै रिसलाई आफ्नो नियन्त्रणमा लिन सक्छ।

गहिरो श्वास लिने : याद गर्नु भएको छ रु तपाई रिसाएको बेलामा चाँडो चाँडो श्वास लिइरहनुहुन्छ। तर रिस वा आवेग आउने वित्तिकै झट्ट गहिरो श्वास लिनुहोस। नाकबाट श्वास लिने र करिब ५ सेकेण्ड रोकेर मुखबाट फाल्ने गर्नुहोस। तत्कालै तपाईले शान्त महशुस गर्नु हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us