काठमाडौं । धेरैजसो मानिसहरु आफ्नो बढिरहेको तौलका कारण चिन्तित छन् । यी मानिसहरु तौल घटाउनका लागि निकै कोशिस पनि गर्छन् तर उनीहरुको कोशिसले रंग ल्याउँदैन । यदि यो सूचीमा तपाईं पनि समावेश हुनुहुन्छ भने एकपटक आफ्नो दैनिक तालिकामाथि निगरानी गर्नुहोस् । कतै तपाईंको बढिरहेको तौल तपाईंको बानीका कारण नै भएको त होइन ।
१. घण्टौ एकैठाउ नबस्नुनस्
तपाई एक घण्टा भन्दा बढी एकैठाउ एउटै पोजिसनमा बस्नुहुन्छ । यदि त्यस्तो हो भने आजै बानी सच्याउनुस् । किनकी त्यसले तपाईको हात खुट्टा अनी ढाड दुख्ने समस्या ल्याउनुका साथै महिनामा १ किलो तौल बढाउछ ।
त्यसकारण लगातार नबस्नुहोस् । अफिसमा तपाईं बसेर काम गर्नुहुन्छ भने छिनछिनमा हिँड्ने ,पानी खाने गर्नुहोस् ।
अमेरिकाको लुसियाना विश्वविद्यालयको अनुसन्धानले पनि धेरै बेरसम्म बसिरहँदा शरिरमा नराम्रो कोलेस्ट्रोल र बोसो जम्ने हुनाले मोटोपना तिब्र रुपमा बढ्ने गरेको देखाएको छ ।
२. टिभी हेर्दै ,फोन गर्दै खाने गर्नुहुन्छ ?
यस्तो बानी छ भने अहिल्यै छोड्नुस् । यसले तपाईको आखालाई असर गर्छ । कति खाना खानुभयो भन्ने तपाईले थाहा हुदैन , खानाको ब्यालेन्स नमिल्ने तथा खना खादा बस्ने तरिका नमिल्दा पनि मोटोपन बढाउछ । टीभी हेर्दै र मोबाईलमा कुरा गर्दै खाने मान्छेको तौल एक महिनामा ६ सय ग्राम बढ्ने देखिएको छ ।
३. खाना खाने बित्तिकै सुत्नुहुन्छ ?
यस्तो बानीले पनि तपाईको मोटोपन बढाउछ । सुत्नुभन्दा कम्तीमा पनि एकघण्टा अघि खाना खानपर्ने चिकित्सक बताउछन् । किनकी तपाईले खाएको खानाको क्यालोरी खर्च नभएर सबैभन्दा बढी रातको समयमा बोसो बन्ने गर्छन ।
४. ढिलो सुत्नुहुन्छ ?
कसैको सुत्ने टुङगा नै हुदैन । आज साझ मा सुत्यो भने भोली रातको १२ बजेसम्म सुत्दैन । त्यस्तो बानीले शरीरको सन्तुलन बिगार्छ र मानसिक समस्या पनि निम्त्याउछ । यसले तपाईको तौलमा पनि असर गर्छ । हाम्रो दिमागमा रहेको टाईमरले सुत्ने र उठ्ने समय तय गरेको हुन्छ त्यसलाई तपाईले बिगार्नुभयो भने बिभिन्न रोग लाग्न थाल्छ । ‘बडी क्लक’ तलमाथि हुने गर्दछ जसले शरिरमा हर्मोन्सको ब्यालेन्स बिगार्नुका साथै मेटाबोलिजम सुस्त हुने समस्या आउँछ । यसले तौल बढ्न सहयोग गर्दछ ।
५. कम सुत्नुहुन्छ ?
निद्रा लागेन भनेर कतिपय सुत्न सक्दैनन् । त्यो मनको समस्याका कारण हुन्छ तर त्यसैलाई आधार बनाएर कम सुत्ने बानीको बिकास गराउछन् । पर्याप्त मात्रामा शरिरले निन्द्रा नपाउँदा महिनाभरी ८ सय ग्राम तौल बढ्छ । आफ्नो निन्द्राको आवश्यकतालाई इग्नोर नगर्नुहोस् । शरिरको क्रियालाई सही राख्नका लागि दैनिक ७ देखि ८ घण्टाको निन्द्रा आवश्यक छ । योभन्दा कम सुत्नुहुन्छ भने शरिरमा तौल बढाउने हर्मोन्सको मात्रामा वृद्धि हुन्छ ।
६. नुनको प्रयोग बढी
कतिपयले नुनिलो कुरा मात्र मन पराउने या नुनको प्रयोग धेरै गर्छन् । त्यसले पनि मोटोपन बढाईराखेको हुन्छ । त्यसैले दैनिक खाने खानामा पनि नुनको प्रयोगमा कमी ल्याउनुहोस् । धेरै परिकार बनाउने त्यसमा अली कडा नुन हाल्ने बानीले मोटोपन सँगै रत्तचापमा घटबड गराउनुका साथै अन्य समस्या पनि बढाउछ । धेरै नुनका कारण वाटर रिटेन्सन (शरिरमा पानीको व्यालेन्स बिग्रने) को समस्या हुनसक्छ । यसले शरिर सुन्निने र तौल बढ्ने गर्दछ ।
७. एक्ससाईज नगर्ने
अहिले पाच मिनेटको बाटो पनि सवारी साधन खोज्नेहरु धेरै छन् । त्यसले पनि जीवनशैलीमा असर पारिरहेको छ र मोटोपन निम्ल्याउने गर्छ ।
दिनभरीमा १ किलोमिटर पनि नहिड्ने मान्छेको तौल महिनाभरी ६ सय ग्राम बढ्छ । यदि धेरै टाढा जानुछैन भने गाडीको सट्टा पैदल यात्रा गर्नुहोस् । दैनिक १ किलोमिटर पैदल यात्रा गर्दा १ सय क्यालोरी खर्च हुन्छ जसले तौल घट्न सहयोग गर्दछ ।
हिड्ने कामै पर्दैन भने पनि बिहान बेलुका दैनिक पसिना आउने गरि दौडनुस् । यसले तपाईलाई मोटाउन दिदैन नै माटोपनको समस्या भएकालाई घटाउन पनि मदत गर्छ । तपाईले दैनिक गरेका कामहरु कि हातको प्रयोग बढी हुन्छ कि दिमाग त्यसले हुदैन । शरीरलाई नै एक्टीभ बनाउन का लागी पसिना आउनेगरि दौडनु पर्छ ।
८ पानी पिउने
खाना खादाँ या खाना खाने बित्तिकै पानी पिउन स्वास्थ्यका लागी हानिकारक छ । तर कम पानी उिनु पनि झन खतरनाक हुन्छ । प्राय मानिसहरु गर्मिको समयमा पानी प्रशस्त पिउछन् जाडोमा पानी नै पिउदैनन् । यस्तो गर्नु हुदैन । चाहे गर्मि होस् या जाडो तपाईले दैनिक करिव ५ लिटर पानी पिउन पर्छ । साधा पानी खान सक्नुहुन्न भने जुस , झोल तरकारी , दाल , ग्लुकोज , कागति नुन आदि राखेर पनि खान सक्नुहुन्छ ।