काठमाडौं । आज काठमाडौंमा दोश्रो आलु सम्मेलन २०२५ आयोजना गरिएको छ ।

नेपाल–भारत उद्योग वाणिज्य संघ, विश्व कृषि तथा खाद्य संगठन (एफएओ) तथा नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले संयुक्त रुपमा आयोजना गरिएको सो सम्मेलनमा विभिन्न क्षेत्रका कृषि विज्ञहरूले नेपाल र अन्य देशको आलु खेतीबारे विभिन्न धारणाहरु प्रस्तुत गरेका छन् ।

