कञ्चनपुरमा जङ्गली हात्तीले धानबाली नष्ट

कञ्चनपुर । बेदकोट नगरपालिका–१०, चथरीमा जङ्गली हात्तीको आक्रमणले स्थानीय आठ किसानका दुई विघा धानबालीमा क्षति पुगेको छ।

वडाध्यक्ष रतन विष्टका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएका हात्तीले स्थानीय रमिला राना, मिना राना, सीतादेवी कठायत, पुरन चुनारा, रूपमा चुनारा र सुर अग्रिर राम चुनाराको जग्गा समेटेर करीब ५० कठ्ठा धानबाली नष्ट गरेका छन्।

प्रहरीलाई घटना जानकारी गराइसकिएको र अस्थायी प्रहरी पोष्ट दैजीबाट तीन सदस्यीय टोली प्रभावित क्षेत्रमा खटाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिनुभयो।

हात्ती नियन्त्रण र किसानहरूको संरक्षणका लागि आवश्यक कदम चालिने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *