काठमाडौँमा पहिलो पटक ‘कर्णाली स्याउ उत्सव’ हुने

जुम्ला । कर्णालीमा उत्पादन हुने स्याउलाई देशव्यापी चिनाउने उद्देश्यले पहिलो पटक काठमाडौँमा ‘कर्णाली स्याउ उत्सव’ हुने भएको छ ।

उत्सव यही भदौ २० देखि २२ गतेसम्म काठमाडौँको शङ्खमूलस्थित कला घरमा बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ ।

कला घरको आयोजना र कर्णाली घरको सहआयोजनामा हुने उत्सवमा रेड डेलिसियस, रोयल, गोल्डेन, गाला, फुजीलगायत दर्जनभन्दा बढी प्रजातिका स्याउ तथा स्याउजन्य परिकार (सुकाएको चाना, साइटर, ब्रान्डी आदि) प्रदर्शनीमा राखिनेछन् । उपभोक्ताले प्रत्यक्ष खरिद गर्न सक्ने व्यवस्था पनि गरिएको छ ।

आयोजकका अनुसार कर्णालीको स्याउ स्वादका दृष्टिले देशभर परिचित भए पनि बजार खपत र ब्रान्ड मूल्य बढाउन यसपटक औपचारिक रूपमा उत्सव आयोजना गरिएको हो ।

स्याउसँगै कर्णाली प्रदेशको मौलिक संस्कृति पनि प्रमुख आकर्षण हुनेछ । धामी नाच, हुड्के नाच, मागललगायत सांस्कृतिक प्रस्तुति हुने उत्सवमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *