ताप्लेजुङका २४ हजार परिवार कृषिमा आवद्ध

चन्द्र पन्दाक

ताप्लेजुङ । ताप्लेजुङमा २४ हजार बढी कृषक परिवार कृषि कर्ममा आवद्ध छन् । नौ वटा स्थानीय रहेको जिल्लामा कुल २४ हजार ३२ परिवार कृषि कर्म (पेशा) मा आवद्ध रहेका पाइएको हो ।

कृषि ज्ञान केन्द्र ताप्लेजुङको तथ्याङ्क अनुसार सबैभन्दा बढी सदरमुकामस्थित फुङ्लिङ नगरपालिकामा तथा सबैभन्दा कम मिक्वाखोला गाउँपालिकामा कृषक परिवार देखिएका छन् । कृषिमा आवद्ध कुल कृषकमध्ये फुङ्लिङ नगरपालिकामा चार हजार ३०३ परिवार रहेका छन् । सबैभन्दा कम मिक्वाखोला गाउँपालिकामा एक हजार ७०३ कृषक परिवार रहेका कृषि ज्ञान केन्द्रले जनाएको छ ।

कृषि ज्ञान केन्द्रका अनुसार सिरिजङ्घा गाउँपालिकामा तीन हजार पाँच कृषक परिवार रहेका छन् । यस्तै फक्ताङ्लुङ गाउँपालिकामा दुई हजार ७७३ परिवार, आठराई त्रिबेणी गाउँपालिमामा दुई हजार ७३३ र पाथीभरा याङ्वरक गाउँपालिकामा दुई हजार ५५४ कृषक परिवार छन् । मेरिङ्देन गाउँपालिकामा दुई हजार ४३३, सिदिङ्वा गाउँपालिकामा दुई हजार ३८३ र मैवाखोला गाउँपालिकामा दुई हजार १३५ कृषक परिवार रहेको कृषि ज्ञान केन्द्रको तथ्याङ्क रहेको छ ।

यता ताप्लेजुङका कृषक परिवारले भोगचलन गरेको जग्गाको कुल क्षेत्रफल २० हजार २८४.८ हेक्टर रहेकोसमेत २०७८ सालको जनगणना प्रतिवेदनबाट देखिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । कृषि क्षेत्रमा उपयोग भएको जग्गामा सिँचाइ सुविधा उपलब्धताको हिसाबले सिरिजङ्घामा सबैभन्दा बढी र मेरिङ्देन गाउँपालिकामा सबैभन्दा कम रहेको छ । भोगचलनमा रहेको कुल क्षेत्रफलमध्ये आठ हजार २०५.८ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पर्याप्त रहेको पनि कृषि ज्ञान केन्द्रका तथ्याङ्कमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *