गुल्मी । गुल्मीका खेतबारीहरू अहिले सुनौला रङले झलमलिएका छन् । यहाँका किसानले लगाएको तोरी फुल्दा बारीहरू पहेँलै बनेका छन् । फुलको सुगन्ध र रंगले गाउँघरको वातावरण नै रमणीय बनेको छ ।
तोरी फुल्दा खेतबारीका दृश्य अत्यन्त सुन्दर देखिएका छन् । सुनौला फुलले ढाकिएका ती बारीहरूले हरेक बिहान सूर्योदयसँगै झन् आकर्षक रूप लिएका छन् । किसानहरूका अनुहारमा पनि खुशी झल्किएको छ ।
तोरी पाकेपछि किसानहरूले घरमै पेल्ने गर्छन् । यसबाट उत्पादित तेल उनीहरूले आफ्नै घरमा प्रयोग गर्नुका साथै बजारमा बिक्री पनि गर्छन् । स्थानीय उत्पादन भएको तोरीको तेल स्वच्छ र स्वादिलो हुने भएकाले यसको माग पनि बढ्दो छ ।
अहिले तोरी फुल्ने मौसमसँगै गुल्मीका गाउँहरू सुनौलो रंगले रङिएका छन् । प्राकृतिक सौन्दर्य, कृषकको मेहनत र तोरीको फुलको मनमोहक दृश्यले यहाँको हावापानी नै प्रफुल्ल बनेको छ ।
