हुम्लामा लट्टे खेती लोपोन्मुख : परम्परागत बाली हराउँदै जाने चिन्ता

हुम्ला। जिल्लामा सम्भावना रहेको परम्परागत बाली लट्टेको खेती लोपोन्मुख अवस्थामा पुगेको छ। किसानहरूले लामो समयदेखि घरघरै लगाउने गरेको यो बाली हाल भने बारीमै देखिने मात्र भएको छ।

सिमकोट गाउँपालिका–८ का किसान ल्वान्नी बुढाका अनुसार, पहिले घरघरै आफ्नो जग्गामा लट्टे खेती हुने गरेको भए पनि पछिल्ला वर्षमा धेरैले यो बाली रोकेपछि अब लट्टे खेती जिल्लाभरै हराउने अवस्थामा पुगेको छ। बुढाले भने , “पहिले चिनो, कोदो, आलु, सिमी जस्ता बालीसँग लट्टे मिसाउँदा दृश्य नै रमाइलो देखिन्थ्यो। अहिले बारीमा कतै एक–दुई बोट मात्र देखिन्छ।”

सिमकोट गाउँपालिका–२ का किसान जङ्ग बोहराले भने, “पहिले घर–घरमा एक क्विन्टलसम्म लट्टे उत्पादन हुन्थ्यो, तर अहिले धेरैले यसको नाम पनि बिर्सिन थालेका छन्। किसानहरूले अन्नको रूपमा प्रयोग गर्नै छोड्दा यो बाली लोपाेन्मुख भएको हो।”

कृषि विकास कार्यालयले पनि परम्परागत लट्टे खेतीको संरक्षणका लागि किसान स्तरबाट पहल गर्नुपर्ने सुझाव दिएको छ। हालसम्म कार्यालयसँग लट्टे खेतीको आधिकारिक विवरण उपलब्ध छैन।

किसान र कृषि अधिकारीहरूले जिल्लाभरिका परम्परागत बाली जोगाउने प्रयास नगरे यो लट्टे बाली भविष्यमा पूर्ण रूपमा हराउने खतरा रहेको चेतावनी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *