बर्दियामा सहकारीद्वारा कृषकलाई कृषि सामग्री वितरण

ज्योति पन्थी
बर्दिया । बर्दियाको गुलरिया नगरपालिका–५ तुलसीपुरमा रहेको दिगोपन सामाजिक उद्यमी महिला सहरकारी संस्थाले कृषकहरूका लागि अति आवश्यक पर्ने कृषि सामग्री वितरण गरेको छ ।

दीगोपन सामाजिक उद्यमी महिला सहकारी सन्थाले केरा खेती गर्दै आएका कृषकका लागि सिँचाइ गर्न पानीको मोटर २७ जनालाई, पाइप एक हजार दुई सय केजी, मिनी टिलर पाँच जनालाई, पानीको बोर १२ स्थानमा, स्प्रे ट्याङ्की ३४ जनालाई र ४४ हजार केराका बिरुवा वितरण गरेको हो ।

लामो समयदेखि ग्रामीण भेगमा सहरकारी सञ्चालन गर्दै आएको दीगोपनले गाउँघरमा रहेका कृषकहरूको उत्पादन र आमदानी बढाउनका लागि कृषि औजारसहित सामग्रीहरु वितरण गरिएको दीगोपन सामाजिक उद्यमी महिला सहकारी सस्ताका अध्यक्ष जितकुमारी योगीले बताउनुभयो । दीगोपनले गरेको काम अहिलेसम्म जिल्लमै उदाहरणीय भएको गुलरिया नगरपालिकाका उपप्रमुख सावित्रा गौतमले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *