काभ्रेपलान्चोक । मण्डनदेउपुर नगरपालिकाले राष्ट्रिय धान दिवस २०८२ मनाइएको छ । नगरकोट भ्रमण वर्ष २०८२ लाई प्रबर्दन गर्ने उदेश्यले वडा नम्बर ८ स्थित ढाईटारमा राेपाई गरि धान दिवस मनाइएकाे हो ।
नगरकाेट भ्रमण वर्ष मनाइरहेका चारवटा नगरपालिका मण्डनदेउपुर नगरपालिका, बनेपा नगरपालिका, चाँगुनारायण नगरपालिका र शंखरापुर नगरपालिकाले संयुक्तरूपमा राेपाई महाेत्सव मनाएका हुन्।
राेपाई महाेत्सवमा इन्द्रेणी परिवारकाे सांगितीक प्रस्तुति रहेको थियो । महोत्सवको औपचारिक कार्यक्रममा हजारौं सर्वसाधारणकाे उपस्थिति थियो ।
आज २२ अौ धान दिवसका दिनलाई ,`धान बालीमा सघनता: खाद्य सुरक्षा र आत्मनिर्भरता´भन्ने मूल नारालाई प्राथमिकता दिइएको छ। राेपाइमा कृषक,नागरिक समुदाय,पालिका तथा वडाका जनप्रतिनिधि,कर्मचारी लगायत बागमती प्रदेशका सांसद लक्ष्मण लम्साल, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक कुमार गौतमले सहभागीता जनाउनु भएको थियो ।
मण्डनदेउपुर नगरपालिकाका मेयर टाेक बहादुर वाइबालेअसार पन्ध्रमा सामुहिक धान राेपेर परम्परालाई निरन्तरता दिने प्रयास गरेको बताउनुभयो ।´ उहाँले भन्नुभयो ,
नेपाल कृषि प्रधान देश हो तर आत्मनिर्भरताकाे बाटाेमा हिड्न सकेकाे छैन । राज्यले कृषकलाई सहयोग पुग्ने गरी निति बनाएरै जानू पर्छ। मण्डन कृषिको सम्भावना बाेकेकाे ठाँउ हो । हामीले कृषककाे श्रमकाे उचित मूल्य पाउने तर्फ भूमिका निर्वाह गर्नु पर्छ। ´ यस्तै उप प्रमुख विष्णुमणि नेपालले निरन्तर किसानकाे हित हुने कार्यमा नगरले लगानी गर्ने बताउनुभयो