गोरखामा याङदीमा व्यावसायिक अकबरे खुर्सानी खेती सुरु

गुणबहादुर रोका

सुलीकोट। गोरखाको गण्डकी गाउँपालिका–२ स्थित याङदीमा ३० रोपनी क्षेत्रफल जग्गामा व्यावसायिक अकबरे खुर्सानी खेती सुरु गरिएको छ । सुन्तला उत्पादक सहकारी संस्था लिमिटेडमार्फत् यहाँका ५ जना किसानहरूको लगानीमा अकबरे खुर्सानीको व्यावसायिक खेती सुरु गरिएको हो ।

झण्डै दुई दशक काठमाडौँमा रहेर अर्कैको कम्पनीमा खाएको जागिरले खाना लाउन र बालबच्चा पढाउन धौधौ भएपछि गण्डकी गाउँपालिका २ याङदीका युवा धनबहादुर थापा अमृतले खेर गइरहेको आफ्नो जमिनलाई सदुपयोग गरी व्यावसायिक रूपमा अकबरे खेती सरु गर्नुभएको उहाँले बताउनुभयो ।

अकबरे खुर्सानीबाट व्यावसायिक खेतीबाट किसानहरूको जीवनस्तरमा राम्रो आर्थिक उर्पजन हुने उद्देश्यले अकबरे खेती सञ्चालन गरिएको खुर्सानी कृषक अमृत थापाको भनाइ छ ।

गाउँपालिकाको कृषि शाखाको सहयोगमा स्थानिय ५ जना कृषकले १५ लाखको बजेटमा १५ हजार बिरुवा, प्लास्टिकका भकारी ट्याङकी बनाई इलामबाट ४ किलो बिउलाई ५० हजारका दरले २ लाख रुपियाँ लगानी गरेर अकबरे खुसार्नीको बिउ किनिएको अर्का किसान दिपबहादुर थापाले बताउनुभयो ।

उक्त अबबरे खुर्सानीको एउटा बोटबाट झण्डै १ किलोदेखि २ किलोसम्म उत्पादन दिने र १ किलोको बजार मुल्य तीन सय रुपैयाँमा बिक्री गर्न सकिने खुर्सानी किसान दिपबहादुर थापाको बुझाइ छ ।

३० रोपनी जग्गामा लगाए पछि काठमाडौँमा रहेको अचार कम्पनीहरूले किलोको ३०० रुपियाँमा जति फल्छ त्यति नै लैजाने सहमति भएको अर्का किसान रवि थापाले जानकारी दिनुभयो ।

खुर्सानीको माग बढ्दै गएकोमा ३० रोपनी क्षेत्रफलबाट १०० रोपनी जग्गामा अकबरे खुर्सानी लगाइने योजना रहेको किसानहरूको भनाइ छ । अकबरे खुर्सानीको खेतीका लागि यो पहिलो वर्ष भएकाले सामान्यत प्लास्टिक र प्राविधिक तालिम दिइएको गण्डकी गाउँपालिकाका कृषि शाखाका प्रमुख सपना थारूले बताउनुभयो ।

पालिकाभित्रका किसान तथा व्यावसायीहरूलाई उत्पादन भएका कृषिजन्य उपजहरूको बजारीकरण गर्नुका साथै गाउँपालिकाले दिनुपर्ने अनुदान दिएर किसानलाई हौसला प्रदान गर्न गाउँपालिका तयार रहेको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सेना साकारको भनाइ छ । गोरखापत्र अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *