कृषिमन्त्री भन्छन्: यो वर्ष रासायनिक मलको अभाव हुन्छ , प्रयाप्त मल किन्न बजेट छैन

काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले यो वर्ष रासायनिक मलको सहज व्यवस्थापन हुन नसक्ने स्विकारेका छन् । किसानलाई १३ लाख टन मल आवश्यक रहेकोमा  नेपालमा साढे ४ लाख टन मात्रै रासायनिक मल प्राप्त हुने स्पष्ट पारेका छन्।   

आइतवार सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा बोल्दै उनले स्विकारेका हुन्।
उनले अहिले उपलब्ध रासायनिक मलले सम्भावना सहज व्यवस्थापन हुन नसक्ने बताए । मन्त्री अधिकारीले रासायनिक मलका लागि आर्थिक रूपमा जति व्यवस्थापन गर्न सक्नुपर्ने थियो, त्यो गर्न नसकेको स्विकारे। उनले रासायनिक मलको सहज व्यवस्थापन हुन नसक्दा बजारमा भइरहेको आलोचना स्वाभाविक भएको उनको कथन छ।
उनले प्राप्त भएको रासायनिक मललाई निष्पक्ष साथ व्यवस्थापन गर्नको प्रदेशलाई जिम्मेवारी सुम्पिएको र प्रत्येक स्थानीय तहमा आवश्यकताका आधारमा व्यवस्थापन भइरहेको दाबी गरे।
मन्त्री अधिकारीले भने‚ ‘रासायनिक मलको सहज व्यवस्थापन हुन सक्ने अवस्था छैन। १३ लाख टन आवश्यक छ। हामीसँग अति हुँदा साढे ४ लाख टन मात्रै प्राप्त हुन्छ। त्यस कारण हामीले त्यो व्यवस्थापन गर्न सकेका छैनौँ। बजारमा जुन ढङ्गको आलोचना भएको छ, त्यसलाई हामी स्वाभाविक रूपमा स्वीकार गर्दै प्राप्त मल व्यवस्थापन गर्न प्रदेशलाई जिम्मेवारी सुम्पिएका छौँ।’
उनले बजेट अभावकै कारणले रासायनिक मलको समस्या सम्बोधन गर्न नसकिएको स्वीकार गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *