भोजपुर । कृषि तथा पशुपालन क्षेत्रमा किसानलाई प्राविधिक सहयोग पुर्याउने उद्देश्यले भोजपुरको पौवादुङमा गाउँपालिकामा अत्याधुनिक प्रयोगशालासहितको कृषि तथा पशुपन्छी सेवा केन्द्र सञ्चालनमा आएको छ।
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईका अनुसार आर्थिक करिडोर पाख्रीबासको सहयोगमा करिब दुई करोड ६९ लाख रुपैयाँ लागतमा भवन निर्माण र उपकरण जडान गरिएको हो।
केन्द्रमा बाली तथा पशुमा लाग्ने रोग परीक्षणका लागि छुट्टाछुट्टै प्रयोगशालाको व्यवस्था गरिएको छ। यसअघि जिल्लाको टेम्केमैयुङ गाउँपालिकामा पनि यस्तै सेवा केन्द्र सञ्चालनमा आइसकेको छ।