काठमाडौ । प्रगतिबादी कवि तथा टुकी नेटवर्कका सम्पादक दिनेश राज खरेल` नागार्जुन वाङमय प्रतिष्ठान´द्वारा पुरस्कृत हुनु भएको छ। शनिबार काठमाडौमा भएको एक कार्यक्रममा कवि खरेललाई नगद रकम सहित प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको हो ।
नागार्जुन वाङमय प्रतिष्ठानकाे नियमितसुप्रभात काव्य गाेष्ठी´मा
अग्रजलाई सम्मान ,अनुजलाई प्राेत्साहन´ शीर्षक अन्तर्गत प्रगतिवादी कवि पूर्ण विरामकाे रचना वाचनमा कवि खरेल प्रथम हुनु भएको थियो ।
उहाँले पुर्ण विरामकाे कविता संङ्ग्रहगाेबिन्दले ठिक भन्याे´ कृतिबाट
नयाँ घाउ नै लेख्नु´शिर्षककाे कविता वाचन गर्नु भएको हो । दुईजना रचना वाचकहरु मघ्यबाट खरेलले वाचन गर्नु भएको पूर्ण विरामकाे उक्त कविता उत्कृष्ट साबित भएको थियो ।
नागार्जुनकाे उक्त श्रृङखलामा निर्णायक मण्डलले वाचन गर्ने कविताकाे चयन गरेका थिए । निर्णायकले चयन गरेका कविता कुन,कसले? वाचन गर्ने भनी गाेला प्रथाद्वारा छनाेट गर्ने गरिन्छ। गाेला प्रथामा कवि खरेललाई` नयाँ घाउ नै लेख्नू´ कविता परेकाे थियो ।
कार्यक्रमका सभाध्यक्ष दिल पौडेल ,प्रमुख अतिथि प्राध्यापक डाक्टर रमेश भट्टराई,विशिष्ट अतिथि भगवान चन्द्र ज्ञावली, स्रष्टा विशेष चेतनाथ धमला, कृतिकार केशब घिमिरे साथै नागार्जुन वाङमय प्रतिष्ठानका पदाधिकारी लगायतले संयुक्तरूपमा पुरस्कार वितरण गर्नुका साथै खरेलकाे आगामी साहित्यीक यात्राकाे सफलताकाे कामना गर्नु भएको थियो ।