काठमाडौं ।नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य रमेशबाबु श्रेष्ठको चुनाव चिह्न केन्द्रित गित ‘लाल तारा’ सार्वजनिक भएको छ । भृकुटीमण्डपमा शनिबार आयोजित सन्देश सभामा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाललगायतको उपस्थितिमा ‘लाल तारा’ सार्वजनिक गरिएको हो ।
लाल तारामा स्मिता दाहाल र रामकुमार नेपालीको स्वर छ । संगित पनि रामकुमारले नै दिएका छन् । मुर्चुङ्गा डिजिटल स्टुडियोमा रेकर्ड गरिएको गीतमा सञ्जय श्रीपाल र रमेश नेपालीले प्राविधि काम गरेका छन् । सुनीता खपाङ्गी मगर, नानु बुर्जा मगर र पविन्द्र सुनार सहायक कलाकारको भूमिकामा । उक्त गितको निर्देशन हुसेन मियाँले गरेका छन् ।
लाल तारामा कम्युनिष्ट आन्दोलनको एकता र परिवर्तनको सन्देश दिइएको गीतकार श्रेष्ठले जानकारी दिए । गीतकार श्रेष्ठ रामेछाप भंगेरीमा नेकपाका संस्थापक पुष्पलाल श्रेष्ठ जन्मिएकै घरका सदस्य हुन् । उनी बुबा स्व.नारायणबाबु र दाइ नरेशबाबुको प्रेरणाले राजनीतिमा होमिएका हुन् ।
