प्रगतिशील लेखक संङ्घ काभ्रेको दशौं काव्य वाचन श्रृङखला सम्पन्न


काभ्रेपलान्चोक । प्रगतिशील लेखक संङ्घ काभ्रेको नियमित दशौं काव्य वाचन श्रृङखला सम्पन्न भएको छ। शनिबार काभ्रेकाे बनेपामा एक कार्यक्रम बीच उक्त श्रृङखला सम्पन्न भएकाे हो ।

प्रगतिशिल लेखक संङ्घका केन्द्रीय उपाध्यक्ष समीर सिहकाे प्रमुख आतिथ्थतामा एक कृति समिक्षा र स्रष्टा बिशेषमा एक कविकाे ५ वटा कविता वाचन गर्नुका साथै नियमित रचना वाचन गरिएको थियो । प्रलेस काभ्रेले केही महिना अधिदेखि कृति समीक्षा र स्रष्टा विशेष श्रृङखला सुरु गरेको थियो ।

यस महिनाकाे दशौं श्रृङखलामा बाल नाटककार भवानी पाण्डेको बाल नाटक`हाम्रो बाल क्लब´माथि समिक्षात्मक टिप्पणी गरिएको थियो,भने स्रष्टा विशेषमा कवि नायक यदुनाथ देउपुरेका ५ उत्कृष्ट रचनाले स्थान पाएकाे थियो ।

पाण्डेको कृतिमाथि साहित्यकार राम सुन्दर पंण्डितले समीक्षा गर्नु भएको थियो । यस्तै देउपुरेले के लेखौं कविता´,माघ १६ पर्खनु ,´ कृष्ण सेनलाई लालसलाम ´,लास कुरिरहेछु´र ´कारखाना खाेलौं, शिर्षकका कविता वाचन गर्नु भयो । उहाँका रचना माथि प्रमुख अतिथिले समिक्षात्मक टिप्पणी गर्नु भएको हो ।

प्रलेस काभ्रेका जिल्ला अध्यक्ष कान्छामान लामा तामाङ रक्तिमकाे अध्यक्षतामा भएको कार्यक्रममा प्रलेस केन्द्रीय पार्षद सदस्य ध्रुब रायमाझी , रुपिकाका लेखक केशब घिमिरे , वर्तमान कविता समुहका अध्यक्ष कवि विश्व सिग्देल, पुराना अग्रज कवि तथा गुरु केशब ज्ञवाली र काभ्रे प्रलेसका पदाधिकारी लगायत कवि साहित्यकारहरुकाे बाक्लाे उपस्थित रहेको थियो ।

कार्यक्रममा कविहरु विश्व सिग्देल , नवराज उत्साही, मुरहरी रायमाझी , बलराम विष्ट, संजय साेति , केशब घिमिरे, घायल याेद्दा नबराज, केशब राज पौडेल ,अनामिका सजल , रक्तिम लामा, भवानी पाण्डे ,यदुनाथ देउपुरे,ध्रुब रायमाझी , समीर सिंह, सरस्वती चिमौरिया, राधिका घिमिरे , हरि प्रसाद चौलागाईं ,केशब ज्ञवली `आगत´, शारदा नेपाल , दिनेश खरेलले आ- आफ्नो रचना प्रस्तुत गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *