रामप्रसाद पन्त (आरपी) को निबन्ध सङ्ग्रह ‘अफगानिस्तानको आगो’ लोकार्पण

काठमाडौं । अनेसास पोर्चुगलको आयोजनामा रामप्रसाद पन्त (आरपी) द्वारा लिखित संस्मरणात्मक निबन्ध सङ्ग्रह अफगानिस्तानको आगो लोकार्पण भएको छ । पोर्चुगलका लागि नेपाली महामहिम राजदूत प्रकाशमणि पौडेलको प्रमुख आतिथ्यतामा कृति लोकार्पण कार्यक्रम सम्पन्न भएको हो । प्रमुख अतिथि राजदूत प्रकाशमणि पौडेल, बिशिस्ट अतिथि नेपाली राजदुतावास पोर्चुगलका द्दितिय सचिब रामबाबु नेपाल, कार्यक्रम अध्यक्ष सबी श्रेष्ठ र लेखक रामप्रसाद पन्त (आरपी) को हातबाट कृतिको लोकार्पण भएको हो । नेपाली राष्ट्रीय गीतबाट शुरूवात भएको कार्यक्रमको स्वागत मन्तब्य अनेसासका निवर्तमान केन्द्रीय सदस्य यादव देवकोटाले गर्नुभएको थियो । लोकार्पण भएको कृति अफगानिस्तानको आगो माथि अर्जुन श्रीले टिप्पणी गर्नु भएको थियो । आफुले अफगानिस्तानमा भोगेको भोगाइ नै पुस्तकको मुल लेखकीय रहेको लेखक रामप्रसाद पन्त (आरपी) ले मन्तव्यको क्रममा बताउनु भयो । कार्यक्रममा नेपाली राजदुतावास पोर्चुगलका द्दितिय सचिब रामबाबु नेपाल, एनआरएनए आइसिसी सदस्य राजकुमार थापा, नेपाल आदिवासी जनजाति महासंघ पोर्चुगल अध्यक्ष चोपकुमार मगर, नोबेल साकोस साहित्य संस्थाको संस्थापक अध्यक्ष सरस्वती गौतम, नेपाल पत्रकार महासंघ युरोपका उपमहासचिव कलश खरेल लगायतले शुभकामना राख्नु भएको थियो । प्रवासमा भोगेको पीडालाई पुस्तकको रुपमा ल्याउनु महत्वपूर्ण रहेको भन्दै प्रमुख अतिथिले लेखकलाई धन्यवाद दिदै यति राम्रो कार्यक्रम आयोजना गरेकोमा आयोजकलाई समेत धन्यवाद दिनुभयो । अध्यक्ष सवी श्रेष्ठले कार्यक्रममा उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो भने कार्यक्रमको संचालन अनेसास पोर्चुगलका महासचिव एन बी अन्जानले गर्नु भएको थियो ।
पोर्चुगलमा रहेका विभिन्न नेपाली संघसस्था संगठनका प्रमुख तथा प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, ब्यावसायी, लेखक,कलाकार, गायक संगीतकार लगायतको बृहत उपस्थितिमा एभरेस्ट नेपाल रेस्टुरेन्टमा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *