‘जेन–जी’ आन्दोलनमा भागेका ३ हजार ७ सय २३ कैदीबन्दी पुनः पक्राउ

काठमाडौँ । ‘जेन–जी’ आन्दोलनको दौरानमा विभिन्न कारागारबाट भागेका कैदीमध्ये ३ हजार ७ सय २३ जनालाई प्रहरीले नियन्त्रणमा लिई पुनः कारागारमा पुर्‍याएको छ।


देशभरका विभिन्न कारागारबाट गरी १० हजार ३ सय २० कैदीबन्दी फरार रहेकामा आज दिउँसोसम्म ३ हजार ७ सय २३ जना कैदीबन्दी पक्राउ गरी कारागारमा पुर्‍याइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो। अझै धेरै कैदीबन्दी जेल बाहिर रहेकोले सर्तकता अपनाउनुपर्ने उहाँको भनाइ छ।

प्रवक्ता घिमिरेका अनुसार कतिपयलाई भारत भाग्न खोजिरहेको अवस्थामा भारतीय प्रहरीले समातेर फिर्ता गरेका छन् भने कतिपयलाई सेना, प्रहरी र सशस्त्र प्रहरीले पक्राउ गरेका हुन्। कतिपय आफैँ फिर्ता भएर कारागार पुगेका छन्।

भागेका कैदीबन्दीका बारेमा केही सूचना प्राप्त भएमा नजिकको प्रहरी कार्यालय तथा सुरक्षा निकायमा जानकारी दिन पनि उहाँले सबैमा अनुरोध गर्नुभएको छ।

यस्तै, प्रदर्शनका कारण प्रहरी कार्यालयका हिरासतबाट फरार भएकामध्ये १ सय ३९ जना थुनुवा पक्राउ परेका छन्। प्रहरीका अनुसार अझै २ हजार १ सय थुनुवा फरार छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *