केहीदिनलाई रोकियो सरकारले गर्ने भुक्तानी

काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले केही दिनका निम्ति भुक्तानी रोकेको छ । ‘जेनजी’को आन्दोलनका क्रममा तोडफोडले गर्दा जथाभावी भुक्तानी जाने भन्दै महालेखाले यसलाई रोकेको हो । महालेखा सरकारको लेखापाल हो ।

“केही दिनका लागि सरकारले गर्ने भुक्तानी रोकेको छ,” अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेले बाह्रखरीसँग भने, “सहज भएपछि भुक्तानी प्रक्रिया सुरु हुनेछ ।”

उनले कर्मचारीलाई तलब खुवाउन र दसैँ खर्च दिन समस्या नहुने र केही दिनभित्र वितरण हुने जानकारी दिए । जेनजी आन्दोलनका क्रममा अर्थ मन्त्रालयमा क्षति नभएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *