काठमाडौँ । सरकारले बहुप्रतीक्षित नागढुंगा–सिस्ने खोला सुरुङमार्गको प्रयोग शुल्क दर सार्वजनिक गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उपभोग दस्तुर तोक्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले जानकारी दिए।
नेपालकै पहिलो सडक सुरुङमार्ग मानिने यो परियोजना आगामी पुसदेखि सञ्चालनमा आउने तयारीमा छ। हाल यसको निर्माण अन्तिम चरणमा पुगेको छ। निर्माण अवधि आगामी कात्तिकसम्म भए पनि ठेक्का लिने निकायले दशैंसम्म सबै काम पूरा गर्ने दाबी गरेको छ।
सुरुङमार्ग सञ्चालनका लागि ठेक्का प्रक्रियाबाट सञ्चालक निकाय छनोट हुने छ।
सुरुङमार्ग प्रयोग शुल्क दर यसप्रकार छन्:
कार/भ्यान: काठमाडौं आउँदा रु. ६५, जाँदा रु. ६०
मिनीबस/मिनीट्रक: काठमाडौं आउँदा रु. ११५, जाँदा रु. ८०
बस/ट्रक: काठमाडौं आउँदा रु. २६०, जाँदा रु. २००
भारी उपकरण: काठमाडौं आउँदा रु. ६००, जाँदा रु. २५०