काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबारको तुलनामा आज छापावाल सुनको मूल्य तोलामा रु ९०० सयले घटेको हो।
आज एक तोला छापावाल सुनको मूल्य रु एक लाख ५९ हजार २०० कायम भएको महासङ्घका जनाएको छ। सोमबार छापावाल सुन प्रतितोला रु एक लाख ६० हजार १०० मा कारोबार भएको थियो।
यसैगरी, सोमबार रु एक हजार ८५० कायम भएको एक तोला चाँदीको मूल्य आज रु १५ ले घटेर रु एक हजार ८३५मा कारोबार भइरहेको महासङ्ले जनाएको छ।
