गण्डकी सरकारले ल्यायो ३१ अर्ब ९७ करोडको बजेट

काठमाडौं । गण्डकी सरकारले आर्थिक वर्ष २०८२/०८३ को लागि ३१ अर्ब ९७ करोड ७९ लाख ९९ हजारको बजेट ल्याएको छ । यो अघिल्लो वर्षभन्दा कम हो ।

अर्थमन्त्री डा. टकराज गुरुङबाट प्रस्तुत सो बजेटमा चालूतर्फ १२ अर्ब ६३ करोड ६६ लाख ७५ हजार अर्थात् ३९.५ प्रतिशत तथा पुँजीगततर्फ १९ अर्ब ९ करोड ३३ लाख २४ हजार अर्थात् कुल विनियोजनको ५९.७ प्रतिशत रकम विनियोजित भएको छ ।

वित्तीय व्यवस्थापनको लागि अर्थमन्त्री गुरुङले २५ करोड रुपैयाँ विनियोजन गरेका छन् । बजेटको स्रोतको रुपमा अर्थमन्त्रीले वित्तीय समानीकरण अनुदानबाट वित्तीय ७ अर्ब ७३ करोड ८९ लाख,ससर्त अनुदानबाट ९ अर्ब ७९ करोड, रोयल्टी बाँडफाँटबाट ४९ करोड ८९ लाख, समपुरक ६३ करोड ९७ ,विशेष अनुदानबाट ४८ करोड ८६ आउने अनुमान गरिएको छ।

प्रदेश सरकार स्वयंले आन्तरिक राजस्व परिचालनबाट ५ अर्ब ४५ करोड ८४ लाख प्राप्त हुने अनुमान गरिएको छ । त्यसो हुँदा बजेटमा २ अर्ब २४ करो्ड बचत हुने न्यून हुने र १ अर्ब ५४ लाख यो वर्षको बजेटबाट सञ्चित हुन आउँदा त्यसलाई पनि उपयोग गरिने अर्थमन्त्री गुरुङको भनाइ छ ।

चालू आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले ३२ अर्ब ९७ अर्ब ८५ लाख ७५ हजारको बजेट ल्याएको थियो । जसमा चालुतर्फ १३ अर्ब १६ करोड ५ लाख ८२ हजार र पुँजीगततर्फ १९ अर्ब ५१ करोड ८१ लाख रुपैयाँ विनियोजन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *