भृकुटीमण्डपमा नाडा अटो शो सुरु, प्रधानमन्त्रीले उद्घाटन गर्ने, फ्लाइङ कार मुख्य आकर्षण

काठमाडौं। काठमाडौंको भृकुटीमण्डपमा आजदेखि भदौ ८ गतेसम्म १७औँ नाडा अटो शो २०२५ सुरू भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् भने अर्थमन्त्री विष्णु पौडेलले कर्टेन रेज गर्ने छन्।

यसपटक १२५ भन्दा बढी प्रदर्शक र ३० भन्दा बढी ब्रान्ड सहभागी भएका छन्। इलेक्ट्रिक, हाइब्रिड, स्मार्ट मोबिलिटी समाधानदेखि भिन्टेज मोटर शोसम्म अटो शोमा प्रदर्शनी गरिने छ।

मुख्य आकर्षणका रूपमा नेपालकै पहिलो ईभीटोल “दीपल फ्लाइङ कार” सार्वजनिक गरिएको छ, जसलाई एमएडब्लु वृद्धिले चिनियाँ निर्माता चांगान अटोसँगको सहकार्यमा नेपालमा ल्याएको हो।

सुजुकी, बीवाईडी, टाटा, टेस्ला, डोङफेङ, अवतार, सेरेस, आयन, फोटोन, जिनपेङलगायतका नयाँ मोडल अवलोकन गर्न सकिन्छ। दुईपाङ्ग्रेमा हार्ले डेभिड्सन, हिरो, रोयल इन्फिल्ड, जोनसोन र यामाहाका नयाँ बाइक प्रस्तुत गरिएका छन्।

चारपाङ्ग्रे, दुईपाङ्ग्रे, व्यावसायिक सवारी, अटो कम्पोनेन्ट र वित्तीय सेवाका लागि छुट्टाछुट्टै जोन बनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *