जनकपुरधाम । जेनजी प्रदर्शनका क्रममा सहादत प्राप्त मधेशका नागरिकका परिवारलाई प्रदेश सरकारले प्रति परिवार २ लाख ५० हजार रुपैयाँ राहत उपलब्ध गराउने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै आर्थिक सहायता दिने निर्णय गरेको हो।
सरकारले आन्दोलनका क्रममा घाइते भएकाहरूप्रति शीघ्र स्वास्थ्य लाभको शुभकामना व्यक्त गर्दै उनीहरूको उपचार प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ। साथै शान्तिपूर्ण प्रदर्शनमा बाह्य घुसपैठ गराई गरिएको तोडफोड, आगजनी र सरकारी–निजी सम्पत्तिमा भएको क्षतिको घटनामा संलग्नको पहिचान गरी कानुनी कारबाही अघि बढाउन पनि बैठकले आदेश दिएको छ।
मधेश प्रदेश सरकारले जेनजी पुस्ताले अघि सारेका सुशासन र भ्रष्टाचार नियन्त्रणका मागहरूको समाधान हालको संविधानको दायराभित्र खोजिनुपर्ने निर्णय गरेको छ ।