सरकारले काम नलाग्ने सवारीसाधन र पुराना सामानहरू लिलाम बिक्री गर्ने

काठमाडौं । सरकारले अब काम नलाग्ने पुराना सवारीसाधन, भौतिक संरचना, मेसिनरी र अन्य साधन सामग्रीहरू लिलाम बिक्री गर्ने निर्णय गरेको छ।

५ असोजमा बसेको मन्त्रिपरिषद् बैठकले यी सामानहरूको न्यूनतम लिलाम मूल्य तोकी बिक्री गर्ने निर्णय गरेको थियो। अर्थ मन्त्रालयले अब ती मालवस्तु अभिलेखबाट मिनाहा गरी हटाउने र लिलाम बिक्री प्रक्रियामा अघि बढाउने जानकारी दिएको छ।

सिंहदरबारका अनुसार, यस्ता सामानहरूको लिलाम बिक्रीको व्यवस्था शहरी विकास मन्त्रालय र देशभरका स्थानीय प्रशासनमार्फत हुनेछ। यस कदमबाट सरकारी संस्थाहरूमा पुरानो र प्रयोग नहुने साधनहरू व्यवस्थित रूपमा हटाइने अपेक्षा गरिएको छ।

सरकारको यो पहलले मात्र पुरानो सामानको व्यवस्थापन नभई, प्रशासनिक कामकाजमा पारदर्शिता र दक्षता बढाउने लक्ष्य राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *