काठमाडौं । विद्युतीय सवारी साधनको बढ्दो प्रयोगसँगै तीव्र प्रतिस्पर्धामा रहेको ईभी बजारमा बीवाईडीले लगातार प्रभावशाली प्रदर्शन गरिरहेको छ । चीनको सबैभन्दा ठूलो ईभी निर्माता कम्पनी बीवाईडीले प्रविधिमा विश्वका चर्चित ब्रान्डहरूलाई समेत पछि पार्दै आएको छ ।
आँकडा हेर्दा सन् २०२१ देखि २०२५ सम्म बीवाईडी विश्व बजारमा सबैभन्दा बढी बिक्री हुने ब्रान्डमा पर्दछ । सुरुदेखि नै नवीन प्रविधि र विश्वासिलो उत्पादनमार्फत विश्व बजारमा लोकप्रियता कमाउँदै आएको बीवाईडीले पछिल्ला नयाँ मोडेलमार्फत बजारमा थप उत्साह भरिदिएको छ ।
नेपालको ईभी बजारमा बीवाईडी अटो इन्डष्ट्रिज कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इन्क प्रा. लि.ले बीवाईडीको बहुप्रतिक्षित नयाँ मोडेल ‘सिलायन ७’ सार्वजनिक गरेको छ ।
साइमेक्स इंकले चीनको सेन्झेनमा सम्पन्न ‘बीवाईडी एसिया प्यासिफिक २०२५ डिलर कन्फ्रेन्स’ मा समेत महत्त्वपूर्ण उपलब्धि हासिल गरेको थियो । ‘कनेक्टेड, इन्स्पायर्ड, युनाइटेड’ नारासहित आयोजित उक्त कार्यक्रममा एसिया प्यासिफिक क्षेत्रका उत्कृष्ट साझेदारहरूलाई अभूतपूर्व योगदानको आधारमा सम्मान गरिएको थियो ।
सिलायन ७ मा कस्तो छ फिचर ?
सर्वाधिक सुविधायुक्त ईभीमध्ये सिलायन ७ अग्रस्थानमा पर्छ । यसले फुल चार्जमा ५ सय ६७ किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ । यो प्रिमियम र परफर्मेन्नस गरी दुई भेरिएन्टमा उपलब्ध छ । साथै कम्पनीले ७ वर्ष र १ लाख ५० हजार किलोमिटर वारेन्टी र फ्रि इन्स्टलेसनको साथमा ७ किलोवाटको एसी चार्जर पनि उपलब्ध गराएको छ ।
बीवाईडी सिलायन ७ ईभीमा सिलमाजस्तै हेडलाइट दिएको छ । साथै यसमा क्लोज अफ ग्रिल, फ्रन्ट बम्परमा एग्रेसिभ कट र क्रिज लाइन, साइडमा १९ इन्चको ड्युअल टोन अलोय ह्विल, २० इन्चको ह्विल विकल्प, फ्लश टाइप डोर ह्यान्डल र आर्कको माथि ब्ल्याक रग्ड क्लेडिङ दिइएको छ ।
कारको रियरमा पिक्सल डिजाइन एलिमेन्टको साथमा कनेक्टेड एलईडी टेल लाइट र ब्ल्याक रियर बम्पर दिइएको छ । बम्परमा फग ल्याम्प पनि छ । स्टोरेजका लागि यसमा ५८ लिटरको फ्रन्ट र ५२० लिटरको बुट स्पेस दिइएको छ । यसको पछाडिको सिट फोल्ड गरेर बुट स्पेसलाई १७८९ लिटरसम्म बढाउन सकिन्छ ।
सिलायन ७ को क्याबिनको ड्यासबोर्डमा हिटेड ग्रिप्स र अडियो फंक्शनको साथमा ४ स्पोक स्टेयरिङ ह्विल र एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम उपलब्ध गराएको छ । यसको सेन्ट्रल कन्सोलमा ड्राइभ सिलेक्टर नब, ड्राइभ र टेरेन मोडका लागि बटन र दुई कपहोल्डर उपलब्ध छ ।
सो एसयूभीमा रोटेटेबल १५.६ इन्च टचस्क्रिन, १०.२५ इन्चको डिजिटल ड्राइभर डिस्प्ले, १२ स्पिकर साउन्ड सिस्टम, हेड–अप डिस्प्ले र सनशेडसहितको प्यानोरामिक ग्लासको छत जस्ता फिचर उपलब्ध छ । साथै हिटिङ र भेन्टिलेसन फंक्शन भएको सिट, ५० वाटको वायरलेस फोन चार्जर, कनेक्टेड कार टेक र पावर्ड टेलगेट जस्ता फिचर पनि उपलब्ध गराइएको छ ।
सेफ्टीका लागि यसमा ११ एयरब्याग, ३६० डिग्री क्यामेरा, टायर प्रेसर मोनिटरिङ सिस्टम, फ्रन्ट र रियर पार्किङ सेन्सर जस्ता सुविधा उपलब्ध गराइएको छ । यसमा एडास सिस्टम पनि प्रदान गरिएको छ, जसमा रियर कोलिजन वार्निङ र एडाप्टिभ क्रुज कन्ट्रोल जस्ता फिचर उपलब्ध छ ।
सिलायन ७ ईभी प्रिमियम र परफर्मेसन गरी भेरिएन्टमा उपलब्ध छ । सो दुबै भेरिएन्टमा ८२ किलोवाट एलएफपी ब्याट्री प्याक उपलब्ध छ । प्रिमियम भेरिएन्ट रियर ह्विल ड्राइभ कन्फिगरेसनमा आउँछ, जसले ३१३ एचपी पावर र ३८० एनएम टर्क उत्पन्न गर्छ । परफर्मेसन भेरिएन्ट अल ह्विल ड्राइभ विकल्पमा आउँछ, जसले ५३० एचपी पावर र ६९० एनएम टर्क उत्पन्न गर्छ ।
यसको प्रिमियम भेरिएन्टले ६.७ सेकेन्ड र परफर्मेसन भेरिएन्टले ४.५ सेकेन्डमा ०–१०० किलोमिटर प्रति घण्टाको गति लिन्छ । फुल चार्जमा प्रिमियम भेरिएन्टले ५६७ किलोमिटर र परफर्मेसन भेरिएन्टले ५४२ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ ।
बीवाईडी सिलायन ७ नेपालभरका बीवाईडी शोरूमहरू र डिलर नेटवर्कहरूमा टेस्ट ड्राइभ र बुकिङका लागि उपलब्ध छ । इच्छुक ग्राहकहरूले नजिकैको शोरूममा सम्पर्क गरी यो अत्याधुनिक इलेक्ट्रिक गाडीको अनुभव लिन सक्छन् ।
उन्नत सुविधाहरूले यो गाडीलाई शहरी जीवनशैली र दिगो भविष्यको चाहना राख्ने ग्राहकहरूका लागि आदर्श विकल्प बनाएको कम्पनीले जनाएको छ ।