काठमाडौं । ग्लोबल आइएमई बैंकलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय पत्रिका ग्लोबल फाइनान्स म्यागेजिन ले लगातार दोस्रो पटक “द बेस्ट बैंक इन नेपाल (The Best Bank in Nepal)” को उपाधि प्रदान गरेको छ।
बैंकले अन्तर्राष्ट्रिय स्तरमा प्राप्त यस मान्यताले आफ्नो सेवा, नवप्रवर्तन, दिगो बैंकिङ अभ्यास र ग्राहक सन्तुष्टिका मापदण्डमा निरन्तर सुधार गरिरहेको प्रमाणित गरेको छ।

यस गौरवपूर्ण क्षणमा बैंकका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतले नेपाल सरकार, नियामक निकायहरू, आदरणीय ग्राहक, कर्मचारी र शुभेच्छुकहरू सबैप्रति हार्दिक आभार व्यक्त गर्दै भने, “तपाईंहरूको विश्वास, साथ र सहयोगले नै बैंकलाई निरन्तर सफलता हासिल गर्न प्रेरणा दिएको छ। आगामी दिनहरूमा अझ ठूला उपलब्धि हासिल गर्ने हाम्रो प्रतिबद्धता रहनेछ।”
ग्लोबल आइएमई बैंकले देशभरका सहर तथा गाउँमा फैलिएका शाखा, एटीएम, र डिजिटल बैंकिङ सेवा मार्फत लाखौँ ग्राहकलाई आधुनिक वित्तीय सेवा प्रदान गर्दै आएको छ।