गुल्मीको धुर्कोट गाउँपालिकाको बजेट ६० करोड

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ६० करोड ५१ लाख ४ हजार रुपैयाँको वार्षिक बजेट प्रस्तुत गरेको छ ।

गाउँपालिकाकोसम्पन्न १७औं गाउँसभामा उपाध्यक्ष सीता गिरीले उक्त बजेट प्रस्तुत गरेकी हुन् ।

बजेटसँगै ‘धुर्कोट गाउँपालिकाको विनियोजन विधेयक २०८२’ र ‘आर्थिक विधेयक २०८२’ पनि सभामा प्रस्तुत गरिएको छ ।

गाउँपालिकाले प्रस्तुत गरेको बजेट प्राथमिकता, नीति तथा कार्यक्रमअनुसार क्षेत्रगत आवश्यकता समेट्ने गरी तयार पारिएको जनाइएको छ ।

शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, स्वच्छ खानेपानी, वातावरण संरक्षण, पर्यटन प्रवर्द्धन, सामाजिक सुरक्षा र सूचना प्रविधि क्षेत्रलाई विशेष प्राथमिकता दिइएको छ ।

उपाध्यक्ष गिरीका अनुसार बजेट निर्माण प्रक्रियामा समुदायस्तरका आवश्यकता, स्रोतको परिचालन क्षमता र स्थानीय विकासका सम्भावनालाई आधार मानेर प्रस्ताव तयार गरिएको हो ।

बजेटमा विकास निर्माणका ठूला योजना, कृषकलाई अनुदान सहायता, महिला तथा बालमैत्री कार्यक्रम, विपन्न वर्गका लागि लक्षित कार्यक्रम, विपद् व्यवस्थापन योजना र जलस्रोतको उपयोग सम्बन्धी पहल पनि समावेश गरिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *