वीर अस्पतालमा ७२ शय्याको इमर्जेन्सी कक्ष थपिँदै

काठमाडौँ। वीर अस्पतालमा ७२ शय्याको इमर्जेन्सी कक्ष थपिने भएको छ । सोमबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले वीर अस्पतालमा ७२ शय्याको इमर्जेन्सी सेवा विस्तार गर्ने बताउनुभयो ।

मन्त्री पाैडेलले वीर अस्पताललाई सेवालाई व्यवस्थित गर्न इमर्जेन्सीमा ७२ शय्या थप्ने योजना बनाएको प्रस्ट पार्नुभयो । उहाँ भन्नुहुन्छ, “वीर अस्पताललाई व्यवस्थित गर्नको लागि ७२ बेडको इमर्जेन्सी शय्या थप्ने योजना बनाएका छौँ ।, त्यसको लागि बजेट पनि सुनिश्चित भइसकेको छ । ”

उहाँका अनुसार अस्पतालको सेवा सुधारका लागि डा।मदन उपाध्यायको संयोजकत्वमा समिति बनाइएको थियो । समितिले तयार पारेको प्रतिवेदनको आधारमा काम भइरहेको उहाँले सुनाउनुभयो ।

मन्त्री पौडेलले विपन्न नागरिकलाई बिमामा जोड्ने योजना बनाएको बताउनु भएको छ । उहाँले आठ प्रकारका कडा रोगका बिरामीलाई सहज होस भन्ने उद्देश्यले विपन्न सेवालाई बिमा कार्यक्रममा जोड्ने योजना बनाएको प्रस्ट पार्नुभयो ।

उहाँले आफूले एक वर्षमा प्राथमिकतामा राखेका कार्यक्रममा सफलता पाएको दाबी गर्नु भएको हो । उहाँ भन्नुहुन्छ, “दीर्घकालीन कार्यक्रममा बजेट परेको छ । सङ्घ, प्रदेश र स्थानीय तहबिच समन्वय सुरु, आधारभूत अस्पताल सञ्चालन, डेंगी नियन्त्रणमा समन्वय, एचपीभी खोप कार्यक्रम सफल र जनस्वास्थ्य समिति गठन भएको छ ।”

मन्त्री पौडेलले योग ध्यान सबै स्थानीय तहमा पुर्‍याइएको, विद्यालय नर्स कार्यक्रम सुरु गरिएको, महामारी पूर्व तयारी गरेको बताउनुभयो । प्रदेशमा मुटु, क्यान्सर, जलनको उपचार प्रदेश स्तरमा विस्तार गरेको मन्त्री पौडेलले दाबी छ । पौडेलले प्रथम स्वास्थ्य विन्दु सहज बनाएको, स्वास्थ्य बिमा १ महिनामा सुरु गरिएको बताउनुभयो ।

उहाँले एमआरआई, पेट स्क्यान र क्याथ ल्याबका लागि पर्याप्त बजेट ल्याइएको दाबी गर्नुभयो । मन्त्री पौडेलले योग ध्यान सबै स्थानीय तहमा पुर्‍याइएको, विद्यालय नर्स कार्यक्रम सुरु, महामारी पूर्व तयारी, र सुर्ती नियन्त्रणका लागि सत प्रतिशत चेतावनीमूलक सन्देश छाप्ने निर्णय गरेको बताउनुभयो । पौडेलले प्रदेशमा मुटु, क्यान्सर, जलनको उपचार विस्तार गरेको दाबी गर्नुभयो ।

उहाँका अनुसार हालसम्म ११३ वटा आधारभूत अस्पताल निर्माण सम्पन्न हुहुकासाथै ५५ वटा अस्पताल सञ्चालनमाको लागि तयारी अवस्था छन् । चालु आर्थिक वर्षमा निर्माणाधीन १३७ थप भई कुल २५० निर्माण सम्पन्न हुने उहाँले जानकारी दिनुभयो । त्यसको लागि सरकारले ११ अर्ब बजेट व्यवस्था गरेको सुनाउनुभयो ।

अङ्ग दान तथा प्राप्तिका लागि अनलाइन प्रणाली सुरु गरिएको साथै मस्तिष्क मृत्यु पश्चात् अङ्ग दान गर्ने परिवारलाई प्रोत्साहन रकम दोब्बर गरी दुई लाख पुर्याएको लगायतका उपलब्धि हासिल गरेको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *