काठमाडौं । नेपालमा ओमिक्रोनका ५ नयाँ सब-भेरिएन्ट पुष्टि भएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जिन सिक्वेन्सिङ परीक्षणमा यी सब-भेरिएन्ट फेला परेका हुन् ।
जेठ २२ देखि २९ गतेसम्म कोभिड-१९ पुष्टि भएका १४ नमुनाको जिन सिक्वेन्सिङ गर्दा ओमिक्रोनका विभिन्न सब-भेरिएन्ट पुष्टि भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीका अनुसार सबै प्रदेशमा सङ्कलन गरिएका नमुनामा यी सब-भेरिएन्ट देखिएका छन् । उनका अनुसार हाल फेला परेका सब-भेरिएन्टहरू अत्यधिक सङ्क्रामक भए पनि कम घातक छन् । पुष्टि भएका सब-भेरिएन्टहरूमा सातवटा एक्सएफजी, तीनवटा एक्सएफजी, एउटा एक्सएफजी ३.१ र दुईवटा जेएन १ रहेका छन् ।
ओमिक्रोनका सब-भेरिएन्टहरू कोभिड-१९ गराउने सार्स-कोभ-२ भाइरसको विकसित रूप हुन् । भाइरसमा निरन्तर अनुवंशिक परिवर्तन (म्युटेसन) हुन्छ, जसले गर्दा नयाँ भेरिएन्टहरूले फरक विशेषताहरू प्रदर्शन गर्छन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पुस महिनायता २५ जिल्लामा १६७ जनामा कोभिड-१९ सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण सबैभन्दा बढी बागमती प्रदेशमा १३१, कोशीमा ४, मधेसमा ५, गण्डकीमा ३ र सुदूरपश्चिममा २१ जनामा देखिएको छ ।