अमेरिकामा आवासीय क्षेत्रमा विमान खस्दा १५ घरमा आगलागी

काठमाडौं । अमेरिकाको सान डिएगोमा बिहीबार बिहान एउटा विमान आवासीय क्षेत्रमा खसेको छ । दुर्घटना आवासीय क्षेत्रमा भएको र धेरै घर तथा कारमा आगलागी भएको बीबीसीले जनाएको छ ।

बिहीबार बिहान कुहिरोका कारण सान डिएगोको मर्फी क्यान्यन क्षेत्रमा एउटा सानो विमान खसेको स्थानीय अधिकारीले बताएका छन् । विमान खस्दा करिब १५ घरमा आगलागी भएको छ । धेरै ब्लकमा बस्ने अरूले आफ्नो घर खाली गर्नुपरेको छ ।

तर अहिलेसम्म यस दुर्घटनामा कोही घाइते भए वा विमानमा को-को सवार थिए भन्ने कुरा थाहा भएको छैन । सङ्घीय उड्डयन प्रशासनले दुर्घटनाग्रस्त विमानको मोडेलअनुसार ६ देखि ८ जनासम्म यात्रु बोक्न सक्ने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *