इरानमा अमेरिकी आक्रमणपछि तेलको मूल्य पाँच महिनायताकै उच्च

काठमाडौं । अमेरिकाले इरानका तीन आणविक स्थलमा शनिबार साँझ गरेको आक्रमणपछि तेलको मूल्यमा उल्लेखनीय वृद्धि छ ।
अमेरिकाले इजरायलसँग मिलेर इरानको आणविक स्थलमा आक्रमण गरेपछि तेलको मूल्य सोमबार पाँच महिनाकै उच्च बिन्दुमा पुगेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

तेलको मूल्य दुई प्रतिशतभन्दा माथि उक्लिएको छ, यो जनवरीयताकै उच्च हो । यसले विश्वव्यापी गतिविधि र मुद्रास्फीतिमा जोखिम निम्त्याएको समाचारमा उल्लेख छ ।

अहिले ग्लोबल बेन्चमार्क ब्रेन्ट तेल २.७ प्रतिशतले बढेर प्रति ब्यारेल ७९.१२ डलरमा पुगेको छ । अमेरिकी कच्चा तेल २.८ प्रतिशतले बढेर ७५.९८ डलरमा पुगेको एनडीटीभीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *