काठमाडौं । इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग क्रेमलिनमा भेटवार्ता गरेका छन् । भेटमा रुसी राष्ट्रपति पुटिनले इरानमाथि भइरहेको अमेरिकी आक्रमणलाई विना कारणको आक्रमण भनेका छन् ।
रुसी विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै अमेरिकी आक्रमणको कडा निन्दा गरेको छ । विज्ञप्तिमा इरानका न्युक्लियर केन्द्र लक्षित आक्रमणलाइ अन्तराष्ट्रिय कानून, युएन चाटर्र र सुरक्षा परिषद्ले पारित गरेका प्रस्तावहरूको गम्भीर उल्लङ्घन भनिएको छ । रुसी राष्ट्रपतिले आफ्नोतर्फबाट इरानी जनतालाई सहयोग पु¥याउन प्रयास भइरहेको बताउँदै भनेका छन्, ‘हामी इरानसँग दिर्घकालीन, असल र भरपर्दो सम्बन्ध राख्नेछौँ ।’ इरानी विदेशमन्त्री अब्बास अर्घाचीले इरानको आणविक ऊर्जा कार्यक्रममा रुस सधैँ साझेदार रहेको बताउँदै तेहरानका आणविक कार्यक्रमसम्बन्धी वार्ताहरूमा सकारात्मक भूमिका खेलेको बताए ।
इजरायल-इरान युद्धमा आइतबारदेखि अमेरिकासमेत सामेल भएको पृष्ठभूमीमा इरानी विदेशमन्त्री र रुसी राष्ट्रपतिको भेटवार्ता भएको हो ।