पूर्वराष्ट्रपति भण्डारी र चिनियाँ उपराष्ट्रपतिबीच भेटवार्ता

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ उपराष्ट्रपति हान चेङबीच शनिवार चीनको गान्सुमा भेटवार्ता भएको छ । यो भेटलाई नेताहरूले भण्डारीको चीन भ्रमणको सबैभन्दा महत्त्वपूर्ण भेटको रूपमा उल्लेख गरेका छन् ।

जेठ १० गतेदेखि चीन भ्रमणमा रहेकी भण्डारीले यसअघि चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुख ल्यु च्यानशाओलगायतसँग भेटवार्ता गरिसकेकी छिन् ।

उनको भ्रमण टोलीमा नेकपा (एमाले) का नेताहरू मात्र सामेल छन् । टोलीमा विदेश विभाग प्रमुख एवं पार्टी सचिव रघुवीर महासेठ, स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, नेताहरू देवी भट्टचन, गोमा देवकोटा, डा. कैलाश भण्डारी, भेषबहादुर अधिकारी र महेन्द्र विष्ट रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *