एजेन्सी । बंगलादेशको गोपालगञ्ज शहरमा नेसनल सिटिजन पार्टी (एनसीपी) आबद्ध युवाहरूको नेतृत्वमा गरिएको प्रदर्शन हिंसात्मक बन्दा कम्तीमा ४ जनाको मृत्यु भएको छ ।
एनसीपीका युवाहरूले गरेकाे प्रदर्शनमा अपदस्थ प्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लीगका समर्थकहरूले लाठी, ढुंगा, इँटा प्रयोग गरेर प्रहरी, सेना र अर्धसैनिक बलमाथि आक्रमण गरेपछि स्थिती तनावग्रस्त बनेको थियो ।
त्यसपछि हिंसा नियन्त्रण गर्न प्रहरीले चलाएको गोली लागेर दीप्तो साहा, रमजान काजी र सोहेल मुल्लाको मृत्यु भएको हो । एक जनाको भने पहिचान खुलेको छैन ।
प्रहरीको गोली लागेर घाइते भएका अन्य नौ जनाको भने गोपालगञ्ज जनरल अस्पतालमा उपचार भइरहेको छ । एनसीपीमाथि आक्रमण गर्नेहरूविरुद्ध कडा कारबाही गर्ने उद्देष्यले अर्धसैनिक बल बोर्डर गार्ड बङ्गलादेश (बीजीबी) को लगभग २०० सैनिक गोपालगञ्ज पठाइएको छ ।
अन्तरिम सरकार प्रमुख मुहम्मद युनूसको कार्यालयले गोपालगञ्जमा बुधबार रात ८ बजेदेखि २२ घण्टाको कफ्र्यु लगाउने आदेश दिएको बताएको छ ।