काठमाडौं । बंगलादेशमा वायुसेनाको विमान विद्यालय भवनमा ठोक्किँदा एक जनाको ज्यान गएको छ । स्थानीय समयअनुसार सोमबार सोमबार १ बजेर १८ मिनेट जाँदा राजधानी ढाकाको उत्तरा क्षेत्रमा बङ्गलादेशी वायुसेनाको एफ७ लडाकु विमान दुर्घटनामा परेको हो ।
उक्त जहाजले वायुसेनाको प्रशिक्षणका लागि उडान भरेको थियो । दुर्घटनामा घाइते भएका २० जनालाई अस्पताल भर्ना गरिएको छ । मृतक र घाइतेको पहिचान खुलेको छैन । घाइतेलाई राष्ट्रिय जलन तथा प्लास्टिक सर्जरी प्रतिष्ठानमा भर्ना गरिएको छ ।
बङ्गलादेशका सञ्चारमाध्यमका अनुसार उक्त विमान माइलस्टोन स्कुल तथा कलेजको भवनमा ठोक्किएको हो । उक्त विमान ठोक्किएको भवनमा स–साना बालबालिका अध्ययन गर्दै आएका थिए । घाइते हुनेमा अधिकांश विद्यार्थी रहेका छन् ।
यद्यपि विमान ठोक्किएका बेला भवनमा पठनपाठन भइसकेको दाबी गरिएको छ । विमान ठोक्किएको भवनमा आगलागी भएको छ । हाल घटनास्थलमा उद्धारका लागि उत्तरा, टोङ्गी, पल्लबी, कुर्मितोला, मिरपुर र पूर्वाञ्चलका अग्निसेवा खटाइएको छ । त्यसबाहेक उद्धारका लागि बोर्डर गार्डका दुई प्लाटुन सैनिक परिचालन गरिएको छ ।
घटनापछि विद्यालय परिसरमा विद्यार्थी र शिक्षक कर्मचारीमाझ भागदौड मच्चिएको थियो ।