महिलाहरुको समग्र विकासका लागि विश्व एकजुट हुनुपर्छ : सी चिनफिङ

बेइजिङ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले विश्व महिला शिखर सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महिलाको समग्र विकासका लागि विश्व समुदायलाई एकजुट हुन आह्वान गरेका छन्। पैचिङ राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजित समारोहमा उनले “पैचिङ विश्व महिला सम्मेलनको भावना आत्मसात गर्दै महिलाको सम्पूर्ण विकासको नयाँ प्रक्रियालाई तीव्रता दिने” शीर्षकमा मुख्य सम्बोधन दिएका हुन्।

उद्घाटनअघि राष्ट्रपति सी र उनकी श्रीमती फङ लियुआनले विभिन्न देश र अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधि मण्डलका प्रमुख तथा उनका जोडीहरूलाई हार्दिक स्वागत गर्दै सामूहिक तस्बिर खिचाएका थिए।

सम्बोधनका क्रममा राष्ट्राध्यक्ष सीले अहिले महिलाको विकासका क्षेत्रमा विश्वभर नयाँ र जटिल चुनौतीहरू देखापरेको उल्लेख गर्दै महिलामाथिको विभेद र असमानता अन्त्य गर्न सबै देशले संयुक्त प्रयास गर्नुपर्नेमा जोड दिए।

उनले महिलाको समग्र सशक्तीकरणका लागि चार बुँदे प्रस्ताव प्रस्तुत गरे- पहिलो, महिलाको हुर्काइ र विकासका लागि हितकर वातावरण निर्माण। दोस्रो, महिला सम्बन्धी कार्यको उच्च गुणस्तरीय विकासमा सशक्त शक्ति उत्पन्न गर्ने। तेस्रो, महिला अधिकार सुनिश्चित गर्ने सुदृढ प्रणाली र सञ्चालन संरचना बनाउने। चौथो, विश्वव्यापी महिला सहकार्यलाई प्रबर्द्धन गर्दै नयाँ अध्याय सुरु गर्ने।

राष्ट्राध्यक्ष सीले पैचिङ विश्व महिला सम्मेलनको भावना आत्मसात गर्दै मानवजातिको साझा भविष्य निर्माणमा महिलाको सहभागिता अत्यावश्यक रहेको बताए। उनले भने, “महिलाको सशक्तीकरण र समान अवसरको प्रवर्द्धन विश्व शान्ति, विकास र सभ्यताको अग्रगमनसँग प्रत्यक्ष रूपमा जोडिएको विषय हो।”

उहाँले चीन विश्वका सबै देशहरूसँग मिलेर महिलाको समग्र विकासमा नयाँ युग सुरु गर्न तत्पर रहेको उल्लेख गरे।

त्यसैदिन मध्यान्ह राष्ट्राध्यक्ष सी चिनफिङ र उनकी श्रीमती फङ लियुआनले सम्मेलनमा सहभागी अन्तर्राष्ट्रिय अतिथिहरूका सम्मानमा स्वागत भोजको आयोजना पनि गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *