एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका विभिन्न १२ देशका नागरिकलाई आफ्नो देशमा यात्रा गर्न प्रतिबन्ध लगाएका छन् ।
व्हाइट आउसका अनुसार ट्रम्पले अफगानिस्तान, म्यानमार, चाड, कंगो गणतन्त्र, इक्वेटोरियल गिनी, एरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमनका नागरिकलाई अमेरिका यात्रा गर्न प्रतिबन्ध लगाउने घोषणापत्रमा हस्ताक्षर गरेका हुन् ।
ती देशका नागरिकले अमेरिकाको राष्ट्रिय सुरक्षा जोखिम पु¥याउने भन्दै अमेरिका यात्रा गर्न प्रतिबन्ध लगाइएको ह्वाइट हाउसकी प्रवक्ता एबिगेल ज्याक्सनलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।
यो निर्णयले ट्रम्पको २०१७ मा पहिलो कार्यकालमा गरेको आदेशको पुनरावृत्ति गरेको छ । त्यतिबेला उनले सात मुस्लिम बहुल देशहरूबाट अमेरिका यात्रामा प्रतिबन्ध लगाएका थिए ।