काठामाडौं । बीवाईडीले १ करोड ३० लाख युनिट सवारीसाधन उत्पादन गरेको छ । बीवाईडीले चीनको सेन्झेन–शानवेई स्पेसल कोअपरेसन जोनमा रहेको जियाओमो प्रोडक्सन बेसमा माइलस्टोन मोडलको रुपमा याङवाङ यु७ लाई १ करोड ३० लाखौँ सवारीको रूपमा सार्वजनिक गरेर उत्सव मनाएको हो । यो एक महत्वपूर्ण कोशेढुंगा (माइलस्टोन) भएको बीवाईडीले जनाएको छ ।
सन् २०२५ को पहिलो अर्धवार्षिक अवधिमा बीवाईडीको बिक्री लगातार रूपमा बढिरहेको छ । गत जनवरीदेखि जूनसम्मको अवधिमा बीवाईडीको घरेलु बिक्रीमा गत वर्षको यही अवधिको तुलनामा ३१.५ प्रतिशत वृद्धि भई २१ लाख १३ हजार युनिट पुगेको छ ।
त्यसैगरी, यही अवधिमा अन्तर्राष्ट्रिय बिक्री १२८.५ प्रतिशत वृद्धि भई ४ लाख ७२ हजार युनिट पुगेको छ । यही उत्कृष्ट बजार प्रदर्शनका कारण ग्लोबल न्यु इनर्जी भेइकल बिक्रीमा बीवाईडी पहिलो स्थानमा रहन सफल भएको छ र १ करोड ३० लाख न्यु इनर्जी भेइकल सार्वजनिक गर्ने विश्वकै पहिलो सवारी निर्माता कम्पनीसमेत बनेर यो उद्योगमै एक महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ ।