चीनको नेतृत्वमा अन्तर्राष्ट्रिय मध्यस्थता समूह गठन

काठमाडौं । चीनको नेतृत्वमा ३० बढी मुलुक मिलेर विवाद समाधानमा आधारीत अन्तर्राष्ट्रिय मध्यस्थता संगठन स्थापना गरिएको छ । हङकङमा भएको एक कार्यक्रममा पाकिस्तान, इण्डोनेसिया, बेलारुस, क्युबा लगायत ३० बढी देशका प्रतिनिधिहरुले अन्तर्राष्ट्रिय मध्यस्थता संगठनको स्थापनासम्बन्धी महासन्धिमा हस्ताक्षर गरेका हुन् ।

सो समारोहमा चिनियाँ विदेशमन्त्री वाङ यीले लामो समयदेखि आपसी समझदारी र वार्ताको माध्यमबाट सहमति निर्माणका लागि चीनले सम्बोधन गर्ने बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । वाङले हङकङमा मुख्यालय रहेको सो संगठनले अन्तर्राष्ट्रिय विवादहरु समाधानलाई प्रवद्र्धन गर्न र विश्वव्यापी सम्बन्ध निर्माण गर्न मद्दत गर्ने लक्ष्य राख्ने बताउनुभएको छ ।

यस्तै, सो समूहको स्थापनालाई लिएर बेइजिङको प्रभाव विस्तारका रुपमा विश्लेषण गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सो समूह अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापार शुल्क बढाएसँगै अन्तर्राष्ट्रिय मध्यस्तता समूह बनेको बताइएको छ । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *