पाकिस्तानलाई हराउँदै भारतले लगातार दोस्रोपटक जित्यो एसिया कपको उपाधि

काठमाडौं। चिर प्रतिद्वन्द्वी पाकिस्तानलाई फराकिलो अन्तरले हराउँदै भारतले लगातार दोस्रोपटक एसिया कपको उपाधि जितेको छ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनल खेलमा भारतले पाकिस्तानलाई ५ विकेटले हराउँदै १४७ रनको लक्ष्य १९ ओभर ४ बलमा पूरा गरेको हो। भारतका लागि तिलक बर्माले ६९ रनको अर्धशतकीय पारी खेले, जसमा ५३ बलमा ३ चौका र ४ छक्का समावेश थियो। त्यसैगरी शुभम दुवेले ३३ रन र सन्जु श्यामसनले २४ रनको योगदान गरे।

पाकिस्तानका बलरमध्ये फाइम अस्रफले विकेट लिए भने शाहिन शाह अफ्रिदी र अब्रार अहमदले एक–एक विकेट लिए। पहिले ब्याटिङ गरेको पाकिस्तानले १९ ओभर १ बलमा सम्पूर्ण विकेट गुमाउँदै १४६ रन मात्र बनायो। सहिबजादा फ्रहानले ५७ रनको अर्धशतकीय पारी खेले, फकर जमानले ४६ रन बनाए, र साइम अ‍ैयुवले १४ रन जोडे। अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

बलिङतर्फ भारतका लागि कुलदीप यादवले सर्वाधिक चार विकेट लिए। जसप्रित भुमराह, वरुण चक्रवर्ती र अक्षर पटेलले दुई–दुई विकेट लिए।

यसअघि सन् २०२३ मा एक दिवसीय प्रणालीमा श्रीलंकालाई हराउँदै उपाधि जितेको भारतले यसपटक चिर प्रतिद्वन्द्वी पाकिस्तानलाई पराजित गर्दै एसिया कपको उपाधि आफ्नो नाममा गर्‍यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *