बेइजिङ । चीनमा जेनेरेटिभ कृत्रिम बौद्धिकता (एआई) प्रविधिको प्रयोग विस्फोटक रूपमा बढ्दै गएको छ। चीन इन्टरनेट सञ्जाल सूचना केन्द्र (सीएनएनआईसी) का अनुसार सन् २०२५ को जुन महिनासम्म देशभर ५१ करोड ५० लाख मानिसले यो प्रविधि प्रयोग गरिरहेका छन्।
केवल पछिल्ला छ महिनामै करिब २६ करोड ६० लाख नयाँ प्रयोगकर्ता थपिएको प्रतिवेदनमा उल्लेख छ। सन् २०२४ को अन्त्यमा २४ करोड ९० लाख प्रयोगकर्ता रहेका एआई सेवाको प्रयोग दर अहिले बढेर कुल जनसंख्याको ३६.५ प्रतिशत पुगेको छ।
विशेषज्ञहरूका भनाइमा, जेनेरेटिभ एआई प्रविधिले चीनमा शिक्षा, व्यापार, सञ्चार र मनोरञ्जन क्षेत्रहरूमा क्रान्तिकारी परिवर्तन ल्याइरहेको छ। यसले जनस्तरमा प्रविधिप्रति बढ्दो चासो र पहुँचको द्रुत प्रसारलाई पनि संकेत गर्छ।
रासस/सिन्ह्वा